दैलेख घटनामा घाइतेमध्ये एक महिलाको मृत्यु, घाइतेलाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो (अपडेट)

दैलेख ,२२ कार्तिक ।
दैलेखको ठाँटीकाँध गाउँपालिका–४ धनकोटमा भएको हँसिया आक्रमणमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। आक्रमणबाट घाइते भएका अन्य चार जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजे स्थानीय ३७ वर्षीय बमबहादुर रावत छिमेकी चन्द्रबहादुर पुन मगरको घरमा प्रवेश गरी परिवारका सदस्यहरूमाथि हँसिया प्रहार गरेका थिए।
आक्रमणबाट चन्द्रबहादुरकी ४५ वर्षीया श्रीमती बीमा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवनकुमार विकले जानकारी दिए। गम्भीर घाइते बीमालाई जिल्ला अस्पताल दैलेख पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा चन्द्रबहादुरकी भाइबुहारी २५ वर्षीया महेसरा पुन, छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगर तथा तिलाकी तीन महिनाकी छोरी जानकी रोक्का मगर घाइते भएका छन्।
उनीहरूको सुरुमा ठाँटीकाँध गाउँपालिका–१ स्थित लकान्द्र स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो। त्यसपछि थप उपचार आवश्यक देखिएका घाइतेलाई हेलिकोप्टरबाट सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रावतलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उनले परिवारका सदस्यहरूमाथि आक्रमण गर्नुको कारण भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दैलेख घटनामा घाइतेमध्ये एक महिलाको मृत्यु, घाइतेलाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो (अपडेट)

दैलेखमा घरमै पसेर धारिलो हतियार प्रहार, एकै

दैलेख घटनामा घाइतेमध्ये एक महिलाको मृत्यु, घाइतेलाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो (अपडेट)

दैलेख घटनामा घाइतेमध्ये एक महिलाको मृत्यु, घाइतेलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!