मुख्यमन्त्री शाही र संघीय मन्त्री बादीबीच भेटवार्ता: कर्णालीका खराब सुचकहरुमा काम गर्न ध्यानाकर्षण

सुर्खेत ,२१ कार्तिक ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र संघीय सरकारकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीबीच मुख्यमन्त्री कार्यालयमा शुक्रबार भेटवार्ता भएको छ। भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका समग्र खराब सूचकांकहरूमा सुधार ल्याउन संघीय सरकारले थप कार्यक्रम, बजेट र प्रभावकारी सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो।
मुख्यमन्त्री शाहीले कर्णालीमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता गम्भीर खराब सूचकांकहरूलाई सुधार गर्न संघीय सरकारले नियमितभन्दा पनि विशेष प्रकृतिका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभयो। संघीय सरकारकी मन्त्री स्वयं कर्णाली प्रदेशकै प्रतिनिधित्व गर्नुहुने भएकाले यस विषयमा विशेष चासो दिनुपर्ने उहाँको आग्रह थियो।
त्यसैगरी, हालैका वर्षहरूमा ठूलो चुनौतीका रूपमा देखा परेको किशोर-किशोरीहरूको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै मुख्यमन्त्री शाहीले यस क्षेत्रमा ठोस पहल गर्न मन्त्री बादीको ध्यानाकर्षण गराउनुभयो।
भेटघाटमा संघीय मन्त्री सीता बादीले कर्णालीको समग्र सुधारका लागि प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताउनुभयो। उहाँले हाल कर्णालीमा बालसुधार गृह स्थापनाका लागि आवश्यक पहल भइरहेको समेत जानकारी गराउनुभयो।
सोही भेटघाटमा प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्लले यहाँको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि काम भइरहेको र यसका लागि संघीय सरकारको निरन्तर सहकार्य र प्रतिबद्धता जरूरी रहेको बताउनुभयो। उहाँले आगामी दिनमा यस्ता बैठक तथा भेटघाटहरूलाई नियमित र परिणाममुखी बनाउनुपर्ने धारणा राख्नुभयो।

मुख्यमन्त्री शाही र संघीय मन्त्री बादीबीच भेटवार्ता: कर्णालीका खराब सुचकहरुमा काम गर्न ध्यानाकर्षण

कर्णाली सरकारले अपाङ्गतासम्बन्धी कानून बनाउँदै

मुख्यमन्त्री शाही र संघीय मन्त्री बादीबीच भेटवार्ता: कर्णालीका खराब सुचकहरुमा काम गर्न ध्यानाकर्षण

चाडपर्व लक्षित ट्राफिक प्रहरीको कडाइ, २५ चालकको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!