आठ पदका लागि ४५ जनाको उम्मेदवारी, पुरानासँगै नयाँ दल पनि चुनावी मैदानमा

यहीँ मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि दलहरुले उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् । कर्णालीका आठ वटा स्थानीय तहमा रिक्त रहेका आठ पदका लागि ४५ जनाको उम्मेदवारी दर्ता भएको छ । यस पटकमा पुराना दलहरुसँगै स्थानीय तहको निर्वाचनमा पहिलो पटक टेष्टेट पार्टीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि थपिएको छ । […]

महाबु गाउँपालिकाको अध्यक्षमा एमालेबाट शाही र कांग्रेसबाट भण्डारीको उम्मेदवारी दर्ता

यही मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि दलहरूले उम्मेदवारी दर्ता गराएका हुन् । यहाँ नेकपा एमालेबाट जंगबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्न एमालेको केन्द्रीय, प्रदेश र जिल्ला तहका […]