२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 19°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

मन्त्रीपरिषद् समावेशी नभएको मुद्दामा  पुरानो मिसिल झिाउन आदेश

सुर्खेत, ९ मंसिर । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश संयोजक नारायण सुवेदीसमेतले कर्णाली प्रदेश सरकारविरुद्ध दायर गरेको रिट निवेदनमा उच्च अदालत सुर्खेतले सम्बन्धित पुरानो मुद्दाको मिसिल झिकाउन आदेश दिएको छ । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी र न्यायाधीश हरिप्रसाद जोशीको संयुक्त इजलासले ०८३ मंसिर ८ गते उक्त आदेश दिएको हो ।

सुवेदीसमेतले कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालय विरुद्ध ०८३ असोज १२ गते पुनः कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठनको समावेशीता नभएको भन्दै उत्प्रेषण तथा परमादेशको माग गर्दै रिट निवेदन दिनुभएको थियो । उच्च अदालत सुर्खेतको असोज १३ गतेको इजलासले निवेदकको माग बमोजिम तत्काल अन्तरिम आदेश दिइरहनुनपर्ने आदेश दिएको थियो । त्यसयता कात्तिक १३ र मंसिर १ गते पेशी तोकिएको थियो ।

दुई पटक नै दुबै पक्षबाट पेसी सारिएको थियो । रिट निवेदनमाथि सुनुवाइका क्रममा निवेदकका तर्फबाट उपस्थित कानुन व्यवसायी र विपक्षी कर्णाली प्रदेश सरकारका तर्फबाट उपस्थित मुख्य न्यायाधिवक्ताको कार्यालयका कानुन व्यवसायीहरूको बहस सुनेपछि इजलासले रिट निवेदनमा उल्लेख गरिएको पुरानो मुद्दाको मिसिल झिकाउने आदेश दिएको हो । रिट निवेदकका तर्फबाट अधिवत्ता पीताम्बर ढकाल, मातृका खनाल, खगेन्द्र खनाल, मंगल सार्की र नवराज चौलागाईलंले वहस गरेका थिए ।

आदेशसँगै अदालतले सम्बन्धित पुरानो मुद्दाको अभिलेख अध्ययन गरी रिट निवेदनको सुनुवाइ प्रक्रियालाई अगाडि बढाउने बाटो खोलेको छ । तर, यो आदेश रिटको मागबारे अन्तिम फैसला भने होइन । रिट निवेदकहरूले कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठनको समावेशीता सम्बन्धी यसअघिको अदालतको आदेशलाई समेत आधार बनाएर रिट दर्ता गरेका थिए । निवेदनमा निवेदक शेरबहादुर खत्रीलगायत र कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसमेत विपक्षी रहेको मुद्दामा उच्च अदालत सुर्खेतबाट ०७८ फागुन १० गते  मन्त्रीपरिषद् समावेशी बनाउन आदेश भएको थियो ।

मन्त्रीपरिषद् समावेशी नभएको मुद्दामा   पुरानो मिसिल झिाउन आदेश

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

मन्त्रीपरिषद् समावेशी नभएको मुद्दामा   पुरानो मिसिल झिाउन आदेश

प्रभावकारी बजार अनुगमनमा जोड

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!