२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 18°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

आठ वर्षपछि सञ्चालनमा आयो बसपार्क

जुम्ला, ९ मंसिर ।

जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित छिनामा बसपार्क सञ्चालनमा आएपछि सवारीसाधनको आवागमन सहज भएको छ । निर्माण सम्पन्न भएको आठ वर्षसम्म प्रयोगविहीन रहेको बसपार्कको जग्गा विवाद समाधान भएपछि सञ्चालनमा आएको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए ।

बसपार्क सञ्चालनमा आएपछि सदरमुकाम खलङ्गाका सडकमा सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता हटेको छ । बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी तिला कर्णाली यातायात सेवा प्रालिले लिएको छ ।

वि.सं. २०७६ मा करिब रु एक करोड ६० लाखमा ठेक्का लागेको बसपार्कका सबै संरचना निर्माण भए पनि विवादका कारण सञ्चालनमा आउन सकेको थिएन । यसअघि सडकमा सवारीसाधन पार्किङ गर्दा बजार क्षेत्रको यातायात व्यवस्थापनमा समस्या हुने गरेको थियो ।  बसपार्क सञ्चालनमा आएपछि उक्त समस्या कम भएको नगरपालिकाले जनाएको छ ।

आठ वर्षपछि सञ्चालनमा आयो बसपार्क

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट

आठ वर्षपछि सञ्चालनमा आयो बसपार्क

भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!