२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 18°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

विभिन्न संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, ९ मंसिर । 

प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।

बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । विधेयकमा प्रस्ताव गरिएका कानुनी व्यवस्था, संशोधनका प्रावधान तथा खारेज गर्न प्रस्ताव गरिएका कानुनका विषयमा विस्तृत छलफल हुनेछ ।

त्यसैगरी बिहान ११ः०० बजे बस्ने उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यक्रम छ । महिला तथा सामाजिक समितिमा दफावार छलफलका लागि प्राप्त ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि छलफल हुने छ । समितिको बैठक बिहान ९ः०० बजे बस्दैछ ।

बिहान ११ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ । त्यसैगरी, बिहान ९ः३० बजेका लागि निर्धारित सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्‍चार सञ्‍जाल र स्काडा प्रणाली विस्तार सम्बन्धमा समितिमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम छ ।

विभिन्न संसदीय समितिको बैठक बस्दै

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!