पटका पट्काउने क्रममा बालकको मृत्यु
पर्सा ,२३ कार्तिक ।
पटका पट्काउने क्रममा एक बालकको मृत्यु भएको छ ।
पर्सा पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको हो ।
रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीमा लागेर घाइते भएका थिए ।
बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएकोमा चिकित्सकले ८ः४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।





