छठ पर्वमा सहभागी हुन रास्वपा संसदीय दलका सचेतक परियार त्रिवेणीधाम जाँदै

नवलपरासी ,२८ कार्तिक ।

तराई–मधेस क्षेत्रमा विशेष हर्षोल्लास र धार्मिक आस्थाका साथ मनाइने छठ पर्वमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार नवलपरासी जाने हुनुभएको छ।

परियार नवलपरासीस्थित त्रिवेणीधाममा आयोजना हुने छठ पूजामा सहभागी हुनुहुने उहाँको सचिवालयले जनाएको छ। परियार भोलि दिउँसो ४ बजे त्रिवेणीधामस्थित छठ घाटमा पुगेर पूजाआजामा सहभागी हुनुहुने कार्यक्रम रहेको छ।

छठ पर्व व्यवस्थापन समितिका अनुसार त्रिवेणीधाममा छठ पर्व मनाउन आवश्यक तयारीलाई तीव्रता दिइएको छ। श्रद्धालु भक्तजनको सहजता, पूजास्थलको व्यवस्थापन, घाटको सरसफाइ तथा अन्य आवश्यक व्यवस्थापनका कामलाई व्यवस्थित रूपमा अघि बढाइएको आयोजकले जनाएको छ। यस वर्ष छठ पर्वलाई धुमधाम र उत्साहका साथ मनाउने तयारी गरिएको छ।

सूर्यदेव र छठी माताको उपासना गरी मनाइने छठ पर्व तराई–मधेसको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। विशेषगरी मधेसी समुदायमा यस पर्वको ठूलो धार्मिक, सामाजिक र सांस्कृतिक महत्व रहेको छ। पछिल्लो समय छठ पर्व तराई–मधेसमा मात्र सीमित नरही पहाडी तथा हिमाली क्षेत्रका विभिन्न समुदायले समेत श्रद्धा र उत्साहका साथ मनाउन थालेका छन्।

छठ पर्वमा व्रतालुहरूले चार दिनसम्म विभिन्न विधि पूरा गर्दै सूर्यको उपासना गर्ने परम्परा छ। पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरिन्छ। परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सन्तानको कल्याणको कामना गर्दै श्रद्धालुहरू कठोर नियम र निष्ठाका साथ व्रत बस्ने गर्दछन्।

यसैबीच, सचेतक परियार आजै रुपन्देहीको भलवारीमा लायन्स क्लब अफ भलवारीले आयोजना गरेको ‘युवा, विकास र समतामूलक समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुनुहुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको सन्देश बोकेको छठ पर्वमा संघीय सांसद तथा राजनीतिक नेतृत्वको सहभागिताले पर्वको सामाजिक महत्वलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

छठ पर्वमा सहभागी हुन रास्वपा संसदीय दलका सचेतक परियार त्रिवेणीधाम जाँदै

राजपुरमा रास्वपाको चुनावी आधार बलियो, गगन वली

छठ पर्वमा सहभागी हुन रास्वपा संसदीय दलका सचेतक परियार त्रिवेणीधाम जाँदै

छठ पर्वमा सहभागी हुन रास्वपा संसदीय दलका

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!