जाजरकोटमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

जाजरकोट ,१ कात्तिक।

जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–९ का १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विक रहेका छन् । शनिबार दिउँसो भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८, मालुवामा लुप्र ०१—००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो ।

दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, वडा नम्बर ३ का ३८ वर्षीय गोपाल परियार तथा अटो चालक रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ का २२ वर्षीय करण परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घाइतेको उद्धार गरेर अस्पताल पठाइसकिएको छ भने दुई जनाको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ ।

जाजरकोटमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट

जाजरकोटमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

कर्णालीको पर्यटन क्षेत्रमा प्रदेश सरकारको लगानी भए

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!