व्यापारीहरूले आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता, कनिका धेरै भेटियो


नेपालगञ्जका व्यापारीहरूले भारतबाट आयात गरेको ८५ हजार किलो चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतमै फिर्ता गरिदिएको छ । परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा अर्थात् कनिकाको मात्रा धेरै पाइएपछि भारतमै फिर्ता गरेको विभागले प्रेस नोटमार्फत जानकारी गराएको छ ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले निकालेको प्रेस नोटअनुसार नेपालगञ्ज एकीकृत जाँच चौकीमा रहेको विभागअन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा अत्यधिक भेटिएको हो । सरकारले चामल आयातका लागि तोकेको अनिवार्य मापदण्डअनुसार न्यून स्तर पाइएकोले निर्यात गर्ने देशमै फिर्ता गरेको विभागले जनाएको छ ।

विभागअन्तर्गत भन्सार नाकामा रहेका १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा रहेका प्रयोगशालाहरूबाट भन्सार विन्दुमै खाद्य पदार्थहरूको गुणस्तर परीक्षण तथा नियमन कार्य नियमित रूपमा गर्दै आइरहेको पनि प्रेस नोटमा उल्लेख छ ।

प्रेस नोट

व्यापारीहरूले आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता, कनिका धेरै भेटियो

जुम्लाका २५ वडामा पुग्यो राष्ट्रिय प्रसारण लाइन

व्यापारीहरूले आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता, कनिका धेरै भेटियो

लुम्बिनीमा तीनमहिने धर्मदेशना वर्षाबास