एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं ,१ मंसिर ।
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछ ।
यो खेल बेलुकी ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । लुम्बिनी लिग चरणमा शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको हो ।

सुदूरपश्चिमले लगातार तेस्रोपटक पहिलो क्वालिफायर खेल्न लागेको हो । सुदूरपश्चिम यसअघिका दुई वटै संस्करणमा उपविजेता बनेको थियो ।
लुम्बिनी गत संस्करणको विजेता हो ।
आजको खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ ।
पराजित हुने टोलीले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउनेछ ।
इलिमिनेटरमा भोलि काठमाडौं गोर्खाज र चितवन राइनोज खेल्नेछन् । इलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ ।
फाइनल खेल मंसिर ५ गते हुनेछ ।

 

 

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्रीको निर्देशन

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!