एमालेका ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य गोविन्दप्रसाद पन्थीको निधन

बुटवल ,३० कार्तिक ।

नेकपा एमालेका पुराना नेता तथा बुटवल उपमहानगर कमिटीको ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य गोविन्दप्रसाद पन्थीको ८६ वर्षको उमेरमा निधन भएको छ । अर्घाखाँचीको साविक भगवती गाविस, हाल छत्रदेव गाउँपालिका-७ मा १९९७ साल भदौ ४ गते जन्मनुभएका पन्थीको सोमबार निधन भएको हो ।
परमानन्द पन्थी र मनकला पन्थीका ज्येष्ठ सुपुत्रका रूपमा जन्मनुभएका उहाँ २०६५ सालदेखि बुटवल उपमहानगरपालिका–१३, बेलवासस्थित लालिगुराँस पथमा बस्दै आउनुभएको थियो । उहाँ लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । पार्टीका पुराना नेता पन्थी राजनीतिक आन्दोलनका क्रममा नेता तथा कार्यकर्तालाई आश्रय दिने सेल्टरदाताका रूपमा समेत परिचित हुनुहुन्थ्यो ।


उहाँको निधनपछि नेकपा एमालेले सोमबार दिउँसोे पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ । श्रद्धाञ्जली कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमाले केन्द्रीय कमिटी सदस्य चेतनारायण आचार्य, गोमा आचार्य, तेजेन्द्र केसी, डीआर घिमिरे, मधुकला कुँवर, शोभाकर पोखरेललगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो । कार्यक्रमको संयोजन नेकपा एमाले बुटवल उपमहानगर कमिटी–१३ का अध्यक्ष दिपक पन्थीले गर्नुभएको थियो । ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य पन्थीको निधनले पार्टी तथा समाजलाई अपुरणीय क्षती पुगेको छ ।
स्वर्गीय पन्थीका श्रीमती मनकला पन्थी, छोरा चेतनारायण पन्थी, बुहारी सावित्रा गौतम पन्थीसहित पाँच छोरी र १४ जना नातिनातिना हुनुहुन्छ । उहाँका छोरा चेतनारायण पन्थी नेकपा एमाले बुटवल उपमहानगर कमिटीका विभागीय सदस्य हुनुहुन्छ । त्यस्तै, उहाँकी माइली छोरी दीपा आचार्य नेकपा एमाले अर्घाखाँची जिल्ला अखिल नेपाल महिला संघकी अध्यक्ष हुनुहुन्छ भने ज्वाइँ चेतनारायण आचार्य नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ । जेठी छोरी उमकला पौडेल र ज्वाइँ लक्ष्मण पौडेल, साइँली छोरी तुलसा खनाल र ज्वाइँ देवी खनाल, काइँली छोरी गीता ढकाल र ज्वाइँ ईश्वर ढकाल, कान्छी छोरी सीता आचार्य र ज्वाइँ लिलाधर आचार्य हुनुहुन्छ । दिवंगत पन्थीको अन्तिम संस्कार सोमबार नै गुल्मी जिल्लाको रिडीस्थित कालीगण्डकी घाटमा गरिने परिवारले जनाएको छ ।

एमालेका ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य गोविन्दप्रसाद पन्थीको निधन

स्वाद र मूल्यले बढायो थारू आलुको आकर्षण,

एमालेका ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य गोविन्दप्रसाद पन्थीको निधन

एमालेका ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य गोविन्दप्रसाद पन्थीको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!