बालविवाह विरुद्धको संजाललाई अभिमुखीकरण

जुम्लामा बालविवाह विरुद्धको जिल्ला संजाललाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला संजाल जुम्ला आयोजना गरेको कार्यक्रममा संजालमा आवद्ध संस्थाहरु तथा बालविवाहको विरुद्धमा सरोकार राख्ने निकायहरुलाई सजाल गठनको उद्देश्य, काम कर्तब्य र अधिकारका विषयमा अभिमुखीकरण गरिएको छ ।

बालविवाह विरुद्धको साझा सञ्जाल कर्णालीका अध्यक्ष तथा आवाजका कार्यकारी निर्देशक पवित्रा शाहीले कर्णालीमा बालविवाहको अवस्था, महिला तथा बालवालिका अधिकार, पैरवी, वहश लगायतका विषयमा सहजीकरण गरेकी थिइन्।

सञ्जालका कर्णाली अध्यक्ष पवित्रा शाहीले बालविवाह विरुद्धको सञ्जाल लुज फोरुमको रुपमा स्थापना भएको र यसको सञ्जाल कर्णाली प्रदेशभरी गठन भएको बताउँछिन्। बालविवाह विरुद्धको सवालमा विभिन्न तवरबाट काम गर्दै आएका संघ सस्था यसमा आवद्ध भएका छन् ।

कर्णालीमा बालविवाह झन बढ्दै गईरहेको समयमा अभियान मार्फत सचेतना आवश्यक रहेकोले प्रदेश स्तरीय कार्यविधि तयार पारि अभियान शुरु गरिएको अध्यक्ष शाहीले बताइन्।

जनगाणना २०७८ अनुसार कर्णालीमा ७२ र ५० प्रतिशत बालविवाह रहेको र सवैभन्दा बढि रुकुम, ७१ र ०६ प्रतिशत, दैलेख ७० प्रतिशत, सल्यान ६९ र ६७ प्रतिशत, जुम्लामा ६९ प्रतिशत रहेको बालविवाह विरुद्धको साझा सञ्जाल कर्णालीको तथ्यांकमा उल्लेख छ ।

जिल्ला संजालले अव बालविवाह विरुद्धमा सरोकारवाला निकाय सँग समन्वय तथा पैरवि गर्ने भएकोछ । जिल्ला संजालले रणनिति बनाएर अगाडि बढ्नेछ। बालविवाहले जीवनमा सवैभन्दा बढी असर गर्ने भएकाले यसको न्यूनिकरणमा सवैको जोड आवश्यक छ। अस्पतालमा सुत्केरी हुने आधा आमाहरु वालिका रहेको बताउदै बालविवाह विरुद्दका कार्यक्रममा जोडदिनुपर्ने देखिन्छ।

बालविवाह विरुद्धको संजाललाई अभिमुखीकरण

रुपकको उपचारको लागि आयरल्यान्डबाट एक लाख ६८

बालविवाह विरुद्धको संजाललाई अभिमुखीकरण

YUGAAWHAN NATIONAL DAILY (2080-07-16)