पछुताउँदै छन्: बालविवाह गरेका जोडी

नेपाली समाजमा चलनचल्तीको एउटा भनाई छ–‘मानिसले हतारमा विहे गर्छन् तर पछि फुर्सदमा पछुताउँछन् ।’ यहाँका जोडीलाई अहिले यस्तै भएको छ ।
त्यस्तै सरकारले गर्ने गरेको ‘विहेवारि २० वर्षपारि’ भन्ने प्रचार पनि उनीहरुमध्ये कतिले सुनेनन् भने केहीले सुनेर पनि वास्ता गरेनन् । उनीहरु सानै उमेरमा विहे गरे । समय बित्दै गएपछि सानो उमेरमा गरिएको विहेका समस्याहरु अहिले आएर देखा परिरहेका छन्, त्यसैले त्यी जोडीहरु यतिखेर पछुताउने गरेका छन् ।
जुम्लाको कनाकासुन्दरी–६ दातेँ ओखर गाउँकी पार्वती सार्कीको १८ वर्षमै विवाह भयो । पार्वतीको साथमा अहिले एउटा ६ महिनाको छोरा छ । उनी कक्षा ८ मा अध्ययन गर्दै मागी बिवाहा भएको बताउँछिन्।अहिले उनी २१;वर्षकी भइन् ।

‘‘मैले विवाहपछिको जिम्मेवारीबारे थाहै नपाई घरपरिवारले मागी विवाह गरिदिएँ, मलाई सानै उमेरमा बच्चा र परिवार हुर्काउन कठिन भएको छ’’, पार्वतीले भनिन्, ‘‘मेरो अहिलेसम्म स्वास्थ्य अवस्था ठिक छ नत राम्रोसँग पढ्न पाएँ ।’’
यस्तै सोही गाउँकी राजा वडले १३ वर्षको कलिलो उमेर बिवाहा भयो।वडको नपुग्दै विवाह गरेका कारण अहिले आएर स्वास्थ्यमा गम्भीर खालका समस्याहरु देखिन थालेको बताउछन् ।
उनले २२ वर्षकी हुदाँ पहिलोपटक छोरी जन्माइन् । खेर गयो, फेरि अर्को बच्चा भयो सालनाल उल्टो भयो, कष्ट पाएँ, भाग्यले बाचिन् । तर शिशु भने खेर गयो।अहिले राजा वडको एक मात्रै ( छोरा)छ।
‘‘परिपक्व नहुँदै सन्तान जन्मिए, सन्तान र घरको जिम्मेवारी सँगसँगै उठाउनु पर्दा स्वास्थ्यको ख्याल गर्न सकिएन’’,उनले भनिन्छ, ‘‘२७ वर्षमै पाठेघरको शल्यक्रिया (अप्रेसन)गर्नुपर्यो । अहिल्यैदेखि श्रम गर्नुपर्ने काम गर्नै सक्दिन,यता कनकासुन्दरी गाउँपालिका–४ हाडसिंजा गाउँकी राधिका उपाध्यायले पनि १८ वर्षमा विवाह गरे ।
विवाहको लगत्तै गर्भवती भईन् । परिपक्व नहुँदै गर्भवती हुँदा उनलाई सन्तान जन्माउन कठिनाई भयो। उपाध्याय बताउँछिन् , ‘‘धेरै दुःख पाए । अहिले २० वर्ष उमेर नपुग्दै विवाह गरेका कारण स्वास्थ्य अवस्था स्वस्थ नभएको भन्ने पीडाले पोल्छ ।
‘‘जीवनबारे जान्न नपाउँदै विवाह गरियो, हतारमा बच्चा जन्माइयो’’, राधाले भन्छिन्, ‘‘पढाइलेखाई पनि बिग्रियो, जीवन पनि कष्टकर भयो । उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने कुरा अहिले आएर बल्ल मनन् गर्दैछु । उक्त कनकासुन्दरी गाउँपालिका–७ रोकाबाडाकी ६० वर्षीया धनरुपा रोकायाले १० वर्षको उमेरमा विवाह गरिन् ।
त्यतिबेला माग्ने चलन थियो । कमै उमेरमा विवाह गर्दा उनले दुई सन्तान गुमाइन् । दुई छोरा जन्मेर मरेँ,एक गर्भमा खेर गयो । अहिले दुई छोरा तिन छोरी साथमा छन् । उतिबेला ’ न पढ्ने स्कुल थियो नत कुनै अवसर नै हुन्थ्यो। उनले थपिन्,‘कम उमेरमा बिवाह गर्दा शिशु तथा मातृमृत्युदर बढेको रहेछ। उहिले आमा बच्चाको धेरै मरिरहेका हुन्थे।
गाउँमा न स्वास्थ्यकर्मी थिए। नत औषधिमुलो नै। सोडेनीको भरमा सुत्केरी हुनु पर्ने अवस्था थियो। ’ कम उमेरमा विवाह गरेपनि गाउँमै उब्जेको पोषिलो खानाले खासै समस्या हुन्थेन ।
बालविवाह छोरीबुहारीको लागि काल नै भएकोले परिपक्क उमेरमा मात्र विवाह गर्न सुझाउँछिन । बज्यै उमेरकी धनरुपा बालविवाहले छोराछोरी दुबैको भविष्य अन्धकार गराउने बताउँछिन् । उनी गाउँमा आफ्नो सानै उमेरमा भएको विहेबारीको अनुभव सुनाउँछिन् । परिपक्क उमेरमा विवाह गर्न प्रोत्साहित गर्छिन् ।
सोही वडाका बुद्धिजीवी दानबहादुर रोकायाले पछिल्लो समयमा प्रविधिको बढ्दो प्रयोगले बालविवाह ह्वात्तै बढेको बताउँछन् ।
अबको पिढीलाई बालविवाह गर्न नदिनेमा उनी छन् । उनले भने,‘न कम उमेरको बुहारी भित्र्याउँछौँ । न त कम उमेरको छोरीलाई विवाह गरेर पठाउँछौँ। कानुनले तोकेको उमेर नपुग्दा सम्म विवाह हुन दिदैनौँ। किशोरी अन्जना रोकायाले अहिले मोवाइल र बढ्दो सामाजिक सञ्जालको प्रयोगले बालविवाह बढेको बताउँछिन्।
उनले भनिन्,‘जसले गर्दा माध्यमिक शिक्षा हासिल गर्न नपाउँदै विवाह बन्धनमा बाँधिनु पर्ने अवस्था छ।’ यी तीनै पुस्ताको अनुभवले अहिले पनि बालविवाह बिकराल भइरहेको दर्शाउँछन्।’ आत्म सम्मानका लागि सहकार्य क्याड नेपालको आयोजनामा भएको बालविवाह सम्बन्धि अन्तरपुस्ता संवाद कार्यक्रममा उनीहरुले बालविवाह पुस्ता अनुसार रुपान्तरण हुदै गएको बताएका थिए । कानुनले २० वर्ष पुरा भएर गरिएको बिवाहलाई बालविवाह भनिन्छ ।
त्यो भन्दा कम उमेरमा विवाह गर्दा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ सम्मको जरिवाना गर्ने व्यवस्था छ। नेपालको कानूनअनुसार २० वर्षको उमेर अगाडि गरिने विवाह बालबिवाह हो ।
उमेर नपुगी भएको विवाहलाई गैरकानूनी र दण्डनीय कार्यका रुपमा परिभाषित गरिएको छ। बालविवाह गर्दा पाठेघरमा असर पर्छ। रक्त अलपत्ता हुन्छ। ख्याउटे, कुपोषित र रोगी बच्चा जन्मदछ। जसका कारण आमा र बच्चाको स्वास्थ्य अवस्था निकै जटिल हुन्छ ।






