दाउरा ल्याउन जादा भिरबाट खसेर मृत्यु

जुम्लाको तिला गाउँपालिकाका जनाको जंगलमा दाउरा ल्याउन जादा भिरबाट खसेर मृत्यु भएको छ ।
तिला गाउँपालिका–२ लर्मी गाउँका ४० वर्षीय आसिमान रावतको जंगलमा दाउरा काट्न गएका बेला लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश बहादुर चन्दले दिएको जानकारी अनुसार दाउरा ल्याउन भन्दै जंगल जानु भएका रावत मृत फेला परेका हुन् ।
‘दाउरा ल्याउन घरबाट बिहान निस्केका रावत राति अवेरसम्म पनि नफर्किदा स्थानीय खोजी गर्ने गएका थिए, ‘उनले भने, ‘स्थानीयले खोजी गर्दा पनि रावतलाई नभेटाए पछि प्रहरीलाई जानकारी गराएका थिए ।
स्थानीयको सूचनाको आधारमा जंगलमा खोज्न जाँदा रावत मृत फेला पारेका थिए ।
रावतको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र पोष्ट मार्टम पछि आफन्तको जिम्मा लगाइने उनको भनाइ छ ।






