२०८३ कार्तिक १२ गते
×

Now Playing

भारतमा गुगलको  डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम, २६ असोज (रासस/एएफपी) ।  भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको विशाल कृत्रिम बौद्धिकता (एआई) डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध बढेको छ । उनीहरूले परियोजनाले पानी र बिजुलीको स्रोतमा चाप बढाउनुका साथै वातावरणमा क्षति पुर्‍याउने र अपेक्षाकृत कम रोजगारी सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन् । विशाखापटनममा निर्माण […]

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ, २५ असोज ।  नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क […]

झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता 

महेन्द्रनगर, २५ असोज ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । दशैँ, तिहारको अवसर पारेर शुक्लाफाँटा ब्याडमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगिताको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले गर्नुभयो । उहाँले नगरको खेलकुदको विकासका लागि पालिकाबाट निरन्तर खेलाडीहरूलाई सहयोग भइरहेको बताउनुभयो । “पहिलोपटक हामीले जिल्लास्तरीय ब्याडमिन्टन हल बनायौँ”, […]

सन्दर्भः विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक  

चितवन, २५ असोज । मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ । मानव शरीरका लागि अत्यावश्यक पोषण तत्व ‘अण्डा’बाट प्राप्त हुने भएकाले यसको उत्पादन बढाएरसँगै खपत पनि बढाउनु पर्नेमा सरोकारवालाहरूले सुझाव छ ।  यसै सन्दर्भमा नेपालमा ‘अण्डा’को उत्पादन र खपत बढाउन यहाँ बहस कार्यक्रम आयोजना गरिएको छ । […]

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

सुर्खेत, २४ असोज ।  कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा जुम्लाका डा.भीमबहादुर खत्री नियुक्त  हुनुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत वीरेन्द्रनगमा बसेको मन्त्रिपरिषद् बैठकले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले जानकारी दिनुभयो […]

बाल संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन राजापुरका दुई विद्यालयमा बाल संरक्षण कार्यक्रमको संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लागि सञ्चालन भइरहेका कार्यक्रमको प्रगति र उपलब्धिबारे जानकारी लिन राजापुर नगरपालिकाका जनप्रतिनिधि तथा संस्थाको व्यवस्थापन टोलीले दुई विद्यालयमा संयुक्त अनुगमन गरेको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत राजापुर नगरपालिका–१० स्थित जनचेतना माध्यमिक विद्यालय र वडा नं. […]

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया,२५ असोज । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा दिगो जीविकोपार्जनका अवसर विस्तार गर्ने उद्देश्यले बाँके युनेस्को क्लबले आफ्ना कर्मचारीका लागि तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । साथै सो परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमहरूको स्थलगत अवलोकनसमेत गरिएको क्लबले जनाएको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना […]

कोहलपुरमा स्रष्टा सम्मान र ‘धरहराको बकपत्र’ विमोचन

बाँके ,२५ असोज । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा बद्रीविक्रम पूर्णिमा साहित्य पुरस्कारबाट चार जना स्रष्टालाई सम्मान गरिएको छ । सोही अवसरमा संस्थाका अध्यक्ष डा. पुष्कर रिजालको कविता सङ्ग्रह धरहराको बकपत्र विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोपालप्रसाद अधिकारी र संस्थाका अध्यक्ष रिजालले दोसल्ला, माला सम्मान पत्र र नगद पुरस्कारबाट स्रष्टाहरूको सम्मान […]

नेपालगञ्ज नाकाबाट निर्यात ९.५८ प्रतिशतले वृद्धि, जडीबुटी व्यापारमा अझै चुनौती

बाँके,२५ असोज । नेपालगञ्ज भन्सार नाका पछिल्लो समय आयातसँगै निर्यात व्यापारका लागि पनि महत्वपूर्ण नाकाका रूपमा स्थापित हुँदै गएको छ। नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार हुँदै जाँदा यस नाकाबाट हुने निर्यात कारोबारमा वृद्धि देखिएको हो। तर, विशेषगरी जडीबुटी तथा कच्चा पदार्थ निर्यातका लागि आवश्यक गुणस्तर परीक्षण, प्रमाणीकरण र क्वारेन्टाइन प्रक्रियामा देखिएका समस्याले निर्यातको सम्भावनालाई […]

सहकारी संस्थाको मूल मुटु सुशासन हो : केन्द्रिय सदस्य योगी

सुर्खेत, २४ असोज । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीले सहकारी संस्थाको दिगोपनका लागि सुशासन, नीति, विधि र प्रणालीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २८औँ वार्षिक साधारणसभामा बोल्दै उनले सहकारीको मूल आधार सुशासन भएको बताए । संस्थाले शनिबार आफ्नै प्राङ्गण, वीरेन्द्रनगर–४, कालागाउँमा आयाेजना गरेकाे साधारणसभामा बाेल्दै योगीले […]

एउटै कांग्रेस, दुई अधिवेशन:देउवा पक्षबाट बनिन् नेत्रकला शाही जिल्ला सभापति

गोल्डेन बुढा जुम्ला ,२४ साउन। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत जुम्लामा पार्टीभित्रको गुटगत प्रतिस्पर्धा सतहमा आएको छ। गगन थापा पक्षले यसअघि नै अधिवेशन सम्पन्न गरेको जुम्लामा देउवा पक्षले पनि शुक्रबार जिल्ला तथा प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ को छुट्टै अधिवेशन गरेर नेतृत्व चयन गरेको छ। एउटै पार्टीका दुई पक्षले अलग-अलग अधिवेशन गर्दै नेतृत्व चुनेपछि […]

गोहीको आक्रमणमा परेर महिलाको मृत्यु

बर्दिया ,२४ असोज । बर्दियाको मधुवन नगरपालिका–३ कोठियाघाटस्थित गेरुवा नदीमा गोहीको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब साढे २ बजे माछा मार्ने क्रममा गोहीको आक्रमणमा परेर सोही ठाउँकी करिब ५२ वर्षीया पुष्पा लामिछाने बेपत्ता भएकी थिइन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत स्थानीयले खोजतलास गरेका थिए । राति करिब साढे १० […]

मानसिक स्वास्थ्यको चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाही

सुर्खेत, २४ असोज । मानसीक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल सिएमसी नेपालको पहलमा  काम गरिरहेके सस्था  मानसिक स्वास्थ्य स्वावलम्बन समूह सञ्जाल, कर्णाली प्रदेशले शुक्रबार मुख्यमन्त्री मंगलबहादुर शाहीलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्द्धन सम्बन्धी ध्यानाकर्षण पत्र बुझाएको छ । कार्यक्रमका निर्देशक हिमाल गैरेको नेत्रत्वमा अएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगरमा भएको भेटमा सञ्जालका प्रतिनिधिहरूले […]