२०८३ कार्तिक १२ गते
×

Now Playing

दिनप्रतिदिन महङ्गिदै भान्सा एक वर्षमै तरकारी–फलफूलको  थोक मूल्य ३७ प्रतिशतले बढ्यो

ओम शाही सुर्खेत, २८ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तरकारी तथा फलफूलमा अचाक्ली महंगी बढेको छ । दैनिक उपभोग्य वस्तुहरूको मूल्य निरन्तर बढ्दा सर्वसाधारणको भान्साको बजेट अस्तव्यस्त बन्दै गएको छ । वीरेन्द्रनगरमा दसैँ पेरिफेरीका तीन आर्थिक वर्षका तीन महिनामा विक्रिवितरण भएका तरकारी तथा फलफूलको थोक मूल्य विश्लेषण गर्दा बजारमा ठूलो उतारचढाव देखिएको छ […]

सम्पादकीय : नफस्टाएको कर्णालीको पर्यटन

कर्णालीमा पर्यटकको संख्या बढ्दै गएको छ । तर, पर्यटकको आगमन बढ्नु र पर्यटनबाट प्रदेशको अर्थतन्त्र बलियो हुनु एउटै कुरा होइन । सात वर्षमा १६ लाख ३९ हजार आठ सय ४३ आन्तरिक तथा बाह्य पर्यटकले कर्णालीका विभिन्न गन्तव्य अवलोकन गरेको सरकारी तथ्यांक छ । आर्थिक वर्ष २०७६/०७७ मा ११ हजार सात सय चार रहेको पर्यटकको संख्या […]

सात वर्षमा १६ लाख पर्यटकले घुमे कर्णाली 

ओम शाही  सुर्खेत, २८ असोज ।  कर्णाली प्रदेशमा सात वर्षको अवधिमा १६ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन् । कर्णाली प्रदेश स्थापना भएयताका सात वर्षमा १६ लाख ३९ हजार आठ सय ४३ आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको सरकारी तथ्यांकले देखाउँछ ।  प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक […]

खँुडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु 

मुगु, २८ असोज । मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ  । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले ती ज्येष्ठ नागरिकलाई धारिलो हतियार (खुँडा) प्रहार गरी घाइते तुल्याएकामा उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको […]

अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू

भक्तपुर, २८ असोज ।  अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागू गरेको सूचना प्रणालीलाई देशव्यापी विस्तार गरेको छ ।  विभागले नगरकोटमा आयोजना गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा विभागका निर्देशक शिव लम्सालले नेपाल भित्रिएका विदेशी नागरिक नफर्केसम्म उनीहरु कहाँ गए, कहाँ बसेलगायतका विवरण लिनेगरी […]

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

बाँके, २८ असोज ।  नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दशैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ ।  दशैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा पाइला टेक्ने ठाउँ हुँदैन थियो । दसैँको नयाँ लुगा, घरका लागि चाहिने उपभोग्य सामग्री किनमेल गर्न जमुनाह नाका […]

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ, २८ असोज ।  त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्‌द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ । त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । यी योजना कार्यान्वयन […]

भैँसीपालनसँगै व्यापार गर्दै सलीम

दाङ, २८ असोज ।  भैँसीको खरिद/बिक्रीबाट सलीम खानले राम्रै व्यापार जमाएका छन् ।  उनको मुख्य पेसा भैँसीपालनसँगै व्यापार पनि हो । दाङ देउखुरी गढवा गाउँपालिका–५ चैनपुर निवासी खानको दैनिकी भैँसी व्यापारमा नै बित्ने गरेको छ ।  उनले यो व्यावसाय गर्न थालेको तीन दशक पुग्यो ।  । भैँसी खरिद गरेर दाङका विभिन्न ठाउँसँगै छिमेकी जिल्ला प्युठान, […]

दशैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

बाँके, २८ असोज ।  चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउने चटारो छ । रातो टीका, जमरा र आफन्तसँगको खुसी साटासाट गर्ने पर्खाइमा धेरैजसो मानिस किनमेल र घर सिँगार्न व्यस्त छन् । तर यहाँका किसानलाई भने खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिन्छ कि दिन्न भन्ने पिरले गाँजेको […]

नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना

काठमाडौँ, २८ असोज ।  नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई रु ५० हजारका दरले  जरिवाना गरेको छ । प्राधिकरणले जारी गरेको अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनबाट पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकराणद्वारा […]

सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष  

डा. तेजबहादुर कार्की  प्रकृतिले सिर्जना गरेका हरेक वस्तु, जीव र संरचना आफ्नै विशेषता, सौन्दर्य र अस्तित्व बोकेर आएका हुन्छन् । हिमालको उचाइ, नदीको प्रवाह, वनको हरियाली, मरुभूमिको शुष्कता, फूलको रङ, चराको स्वर र मानव जीवनको विविधता सबै प्रकृतिका अनुपम सिर्जना हुन् । प्रकृतिले कुनै वस्तुलाई अनावश्यक वा निरर्थक ठानेर सिर्जना गरेको हुँदैन । तर, हामीमध्ये […]

सम्पादकीय : जनशक्ति अभावमा खाद्य स्वच्छतामा चुनौती

कर्णाली प्रदेशका सात जिल्लामा खाद्य स्वच्छता र गुणस्तर नियन्त्रणको जिम्मेवारी पाएको सरकारी कार्यालयमै जनशक्ति अभाव छ । खाद्य पदार्थको गुणस्तर परीक्षण, बजार अनुगमन र खाद्य उद्योगको नियमन गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका ३८ प्रतिशत दरबन्दी रिक्त छन् । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको निकायमा प्राविधिक जनशक्तिको अभाव हुनु गम्भीर विषय हो । कार्यालयमा […]

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

मस्को, २८ असोज (रासस/एएफपी) ।  युक्रेनमाथि रुसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली संघ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा आयात गरेका छन् । रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार उक्त अवधिमा युरोपेली संघ (इयु) का देशहरूमा सो मूल्यको ऊर्जा आपूर्ति गरिएको बताए । उनका अनुसार सन् […]