२०८३ कार्तिक १२ गते
×

Now Playing

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं,१ कार्तिक । गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।उनको कार्यकाल ५ वर्षको हुनेछ ।

बागेश्वरी मन्दिरमा धुमधामका साथ भित्र्याइयो फूलपाती

नेपालगञ्ज,३१ असोज । बडादसैँको सप्तमीका अवसरमा बाँकेको नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा शनिबार धुमधामका साथ फूलपाती भित्र्याइएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष पूजाआजासहित फूलपाती भित्र्याएको हो। फूलपाती भित्र्याउने परम्परागत विधिअनुसार मन्दिर परिसरमा धार्मिक अनुष्ठान गरिएको थियो। फूलपाती भित्र्याउने क्रममा मन्दिर परिसरमा विशेष चहलपहल र उत्साह देखिएको थियो। नेपाली […]

घुँयत्राे:सुर्खेतको बजार अनुगमन : पानीमा मात्रै खोट, अरू सबैमा अमृतको घोट!

कुराे गर्याे कुरैकाे दुख भन्या झैँ ! हैन! सुर्खेतकाे बजार अनुगमन समितिले बजारमा उपभोक्ता अधिकार विरुद्धका केही बस्तु भेटाउन्न कि क्या । बजार अनुगमन गर्न गयाे कि जैले नि पानीकै बिषयाँ कुराे उठाउँदै पानी व्यापारलाई मात्रै ईङ्गित गरेर अनुगमनकाे खेल सिध्या सम्चार मात्रै सुन्न पाया हुन्छ । अनुगमन समितिकाे याे खेल देखेर साह्रै खुशि लायाे […]

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङ ,३१ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । वडादशैं–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले चाडपर्वहरू विविध जातजाति, भाषा, धर्म र संस्कृतिलाई जोड्ने साझा आधार भएको उल्लेख गर्नुभएको छ । यस्ता पर्वले नेपाली पहिचानलाई बलियो […]

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा. निरौला

काठमाडौं ,३१ असोज । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर फूलपाती पर्व मनाइँदैछ । दशैंको महत्वपूर्ण दिनका रूपमा लिइने सप्तमीमा शुभसाइतको प्रतीकका रूपमा पूजाकोठा तथा दशैंघरमा फूलपाती भित्र्याउने परम्परा छ । धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार विभिन्न प्रकारका फूल तथा वनस्पति संकलन गरी विधिपूर्वक पूजा गरेर फूलपाती भित्र्याउने गरिन्छ । फूलपाती भित्र्याएसँगै दशैंघरमा विशेष […]

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ, ३० असोज ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र […]

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै

पोखरा, ३१ असोज ।  पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथराइजेसन रिक्वायर्ड) प्रणाली लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । हाल यस विमानस्थलमा ‘भिओआर/डिएमई’ तथा ‘आइएलएस’ प्रणालीमा आधारित हवाई उडान हुँदै आएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले ‘आरएनपी–एआर’ प्रणाली लागू भएपछि कम दृश्ययता (भिजीबिलिटी) […]

जुम्लाको स्याउले  बदलिँदैछ कर्णालीको परिचय 

ओम शाही सुर्खेत, ३१ असोज । जुम्लाको स्याउ अब स्थानीय बारीमा मात्र सीमित छैन, कर्णालीको पहिचानसँगै देशका प्रमुख बजारसम्म पुग्ने कृषि उत्पादन बनेको छ । जुम्लाको स्वाद बोकेको स्याउ अहिले पाहुनालाई सत्कार गर्नेदेखि आफन्तलाई माया र आत्मीयताको चिनोस्वरुप दिने लोकप्रिय कोशेलीको पहिचान बनाएको छ ।  कुनै समय स्थानीयस्तरमै खपत हुन नसकी कुहिएर जाने जुम्ली स्याउले […]

मस्कद्वारा ‘उड्ने’ कार सार्वजनिक

ह्युस्टन, ३१ असोज (रासस/एएफपी) ।  विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले हावामा उड्न सक्ने प्रविधि जडित नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन् । उनले बिहीबार टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा थ्रस्टर जडित कार प्रदर्शन गरेका हुन । टेस्लाको एक्स खाताबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारलाई ठाडो र्‍याम्पबाट उफारेर पुनः आफ्नै […]

लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न गन्तव्य पहिचान र पर्यटकीय सर्किट निर्माणमा जोड

लुम्बिनी ,३० असोज । रुपन्देही । लुम्बिनी प्रदेशको पर्यटन विकासलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन तयार गरिएको ‘पर्यटन नीति २०८३’ को मस्यौदामाथि रुपन्देहीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले व्यापक छलफल गर्दै महत्वपूर्ण सुझावहरू दिनुभएकाे छ। लुम्बिनी प्रदेशको वन, वातावरण तथा पर्यटन मन्त्रालयको आयोजना एवं बेस संस्थाको व्यवस्थापन तथा संयोजनमा सम्पन्न उक्त कार्यक्रममा निजी क्षेत्रका पर्यटन व्यवसायी, […]

रानीमहलको संरक्षण र प्रवद्र्धन साझा दायित्वः मुख्यमन्त्री आचार्य

पाल्पा ,३० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक सम्पदा रानीमहलको संरक्षण र प्रवद्र्धनलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । उहाँले रानीमहललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा साहित्यको भूमिकासमेत महत्वपूर्ण हुने उल्लेख गर्दै रामचन्द्र खनालद्वारा लिखित ‘रानीमहल’ ऐतिहासिक उपन्यासले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । तानसेन नगरपालिकाले शुक्रबार आयोजना गरेको […]

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

पाल्पा,३० असोज  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोच र जीवनदर्शनमा आधारित डा. रामबहादुर राउतद्वारा लिखित पुस्तक ‘जीवनशैली’ विमोचन गर्नुभएको छ । प्रगतिशील लेखक सङ्घ नेपाल, पाल्पाको आयोजनामा शुक्रबार तानसेनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुस्तक विमोचन गर्नुभएको हो । पुस्तकमा जीवनको अर्थ, अस्तित्व, सङ्घर्ष, सोच, व्यवहार र दृष्टिकोणलाई समेटिएको छ । सकारात्मक सोचको विकास […]

उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक

यमन, ३० असोज (रासस/एपी) ।  इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीहरूले चिनियाँ उपकरण तथा पार्टपुर्जाको सहयोगमा नयाँ मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने प्रयास गरिरहेको एक प्रतिवेदनले जनाएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा हतियारको आपूर्ति तथा प्रयोगको अध्ययन गर्ने बेलायतस्थित संस्था कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । प्रतिवेदनअनुसार नयाँ […]