घुँयत्राे:सुर्खेतको बजार अनुगमन : पानीमा मात्रै खोट, अरू सबैमा अमृतको घोट!

कुराे गर्याे कुरैकाे दुख भन्या झैँ ! हैन! सुर्खेतकाे बजार अनुगमन समितिले बजारमा उपभोक्ता अधिकार विरुद्धका केही बस्तु भेटाउन्न कि क्या । बजार अनुगमन गर्न गयाे कि जैले नि पानीकै बिषयाँ कुराे उठाउँदै पानी व्यापारलाई मात्रै ईङ्गित गरेर अनुगमनकाे खेल सिध्या सम्चार मात्रै सुन्न पाया हुन्छ । अनुगमन समितिकाे याे खेल देखेर साह्रै खुशि लायाे भन्ने हाेला कि दुखि भएँ भन्ने हाेला मत रनभूल्लमा परें । बेखुसी वा दुखि हुम् भने नि कुनै पनि व्यापारीले गलत गर्या भेट्टिया छैन । सबका सब अपटु डेट छन । न तरकारी व्यापारीले बीषाधि मिस्या तरकारी बेच्या कुरा आछ , न मूल्य बढाएर तरकारी बेच्या भनेर कार्वाहीकाे कुराे आछ नत अन्य व्यापारीले कुनै सामानाँ मिसावट गर्या देख्खियर जरिबाना भाछ । बजाराँ हर प्रकारका सामान एकदम उपभोक्ता अधिकार भित्र रहेर विक्रि भा छन कहिँ कतै खाेटछैन । यस्ताे पाे बजार अनुगमन हुनु । अरु जिल्लाँ त्यै तेल त्यै चिनि,त्यै चामल,दालाँ मूल्य आकासियाे कार्वाहि गर भन्या छन तर त्यै चिज सुर्खेताँ जति र जस्ताे मुल्याँ बेचेनि न सरकारकाे कानुन विपरित भाछ न उपभोक्ताले त्यसकाे पिराेध गर्या छन । हामी कर्नालिका जनता कति महान छम् हगि! घाँस, पराल,गू,गाेबर छुट्याउननि जान्दैनम् अनि सृ्ताे महंगाे खान हुने नहुने जस्ताे पनि किन्याछ खाछ । हामी कतिसम्म बेबकुफ छम्भने त्यहिँनिर सरकारले ११० मा चिनि बेच्याछ तर हाम्लाई त्याँ गएर लाईन लागेर झाेला थाप्न लाजलाग्छ अनि त्यहिँ नजिककाे व्यापारीले १५० का दरले बेच्या चिनि किनेर लिएर सानसित त्याँट घरतिर लाग्छम् । सरकार फेरि त्याे प्रतिकेजि १५० मा चिनि बेच्न पाउनु व्यापारीकाे अधिकार सम्झिन्छ न त्यल्लाई कालाे बजारी सम्झिन्छ न त्याे व्यापारीलाई कार्वाही गर्छ । याे कर्नालिकाे राजधानी भनेकाे त यस्ताे ठाउँ हाे जाँ बाख्राँ राँगाे मिसायर बेच्नाेस वा खसीयाँ बाख्रो, दुधाँ पानी मिसाउनुस वा अन्य कुनै झाेल पदार्थ,या चिउराँ सिसा वा दालाँ ढुङ्गा जे मिसायर बेचेनि हुन्छ । यति सजिला ग्राहक छन कि तपाईं ( ब्यापारी ) ले जेमा जुन चिज मिसायर बेच्न मिल्छ नि त्याे ढुक्कसित बेचे हुन्छ न तपाईंका विरुद्ध सरकार लाग्छ न उपभोक्ता । त्यसैले त याे दशैंमा सरकारकाे उर्दिले लाजकाज सिडियाे कार्यालयले याैटा टिमनै लेर ब्यान नओई बजे बजार अनुगमनाँ निस्कन्छ तर बेल्का ५ / ६ बजेसम्म नि बिचरा कईँ कतै केई भेटाउन्न । नत तर कारीयाँ २०० प्रतिसत भन्दा बढि बढ्या मूल्य भेटाउँछ । न म्या नाघ्या खाने कुरा र आैषधि भेटाउँछ न अन्य अखाद्य बस्तु भेटाउँछ ! न मिलावट भेटाउछ ! यस्ताे महान अनुगमन समिति जाे सँधैभरि पानीयाँ खाेट भेटाउँछ अनि पानीवालाहरुलाई आफ्नाे महान खाेज र अनुसन्धानकाे भारी बाेकाएर बजार अनुगमन भ्याएर दशैं मनाउन घरतिर लाग्छ । सायद घटस्थापनाकाे अघिल्लाे दिन बजार अनुगमन भ्याएर पानीवालाहरलाई २/४ जनाकाे राेहबराँ पानीकाे मूल्य कायम गराएर छाेडदाकाे सम्चार हाे । याे बर्षकाे बजार अनुगमनकाे महान उपलब्धि । जाे आर्काे बर्षकाे दशैं नआउँदासम्म र सरकारकाे प्रशासन ढुक्कसित निदाउँछ र बजार अनुगमनकाे झन्झटबाट मुक्त हुन्छ । जब जन्तै याे बिषयाँ चासाे राख्दैन जेजस्तो नि खान्छ र जति पनि तिर्नतयार हुन्छ भने सरकारलाई मात्रै टाउकाे दुखाई के भाे के ? त्यसैले व्यापारै गर्नछ भने याे प्रदेशाँ आउ जेजति जसरि लुटन सक्छाै लुटेर जाउ । शरीरकाे मयल डल्ला पारेर हिङकाे संज्ञा देर बेच्ने कि अत्तर या सिलाजित ! मान्छेहेरी जस्लाई जे भनेर बेच्न सकिन्छ बेचेर हिँडने ठाउँ हाे कर्नाली । त्यसैले ह्याँ गुणस्तरीय सामान हैन खाेज्या सामान पाउनु पर्याे बस सक्कि गाे । अन्तमा जयहाेस ब्यापारीकाे अनि जयहाेस यी अनुगमन वाला कर्मचारीकाे ।

घुँयत्राे:सुर्खेतको बजार अनुगमन : पानीमा मात्रै खोट, अरू सबैमा अमृतको घोट!

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः

घुँयत्राे:सुर्खेतको बजार अनुगमन : पानीमा मात्रै खोट, अरू सबैमा अमृतको घोट!

बागेश्वरी मन्दिरमा धुमधामका साथ भित्र्याइयो फूलपाती

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!