२०८३ कार्तिक १२ गते
×

Now Playing

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु सबैको साझा दायित्वः मुख्यमन्त्री आचार्य

दाङ,४ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता बलियो बनाउने बताउनुभएको छ । बडादशैं–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले विजयादशमी धार्मिक तथा सांस्कृतिक आस्थासँगै सत्य, न्याय, साहस र सकारात्मक परिवर्तनको प्रेरणा दिने महत्वपूर्ण पर्व भएको […]

सुशील कोइरालाको सम्मानमा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

बाँके,३ कार्तिक । पूर्वप्रधानमन्त्री तथा संविधान निर्माण प्रक्रियाका प्रमुख नेतृत्वकर्ता स्वर्गीय सुशील कोइरालाको सम्मानमा बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका निर्माण गरिने भएको छ । बैजनाथ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा उक्त निर्माण कार्यका लागि १० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिनुभयो । […]

जुम्लामा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट, २ जना घाइते

जुम्ला,२ कार्तिक । जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो […]

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

बाँके ,१ कार्तिक  नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर नेपालगन्जमा भब्य स्वागत गरिएको छ । केन्द्रिय सदस्यमा निर्वाचित भएपछि काठमाण्डौबाट नेपालगन्ज आउनुभएका कोइरालालाई नेपालगन्ज विमानस्थल परिसरमा स्वागत गरिएको हो । कांग्रेसको १५औं महाधिवेशनमा उहाँ खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो । सो क्रममा पत्रकारलाई प्रतिक्रिया दिदै केन्द्रिय सदस्य कोइरालाले आफुलाई निर्वाचित गराउने सबैप्रति […]

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

सुर्खेत, १ कार्तिक ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित एक पसलबाट प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट गरेको छ । उक्त कार्यालयबाट आज बजार अनुगमन तथा निरीक्षणमा गएको टोलीले वीरेन्द्रनगरको पुजा पसल तथा स्टोरबाट पुजामा प्रयोग गर्ने घ्यूको नाममा प्रतिबन्धित रसायन मिसिएको चिल्लो पदार्थ जफत गरेको थियो ।  उक्त जफत गरिएको चिल्लो […]

कर्णालीको पर्यटन क्षेत्रमा प्रदेश सरकारको लगानी भए पनि छैन आम्दानी

पंखबहादुर शाही सुर्खेत, १ कार्तिक।  कर्णालीका प्रायः नेताहरू पर्यटनबाटै आर्थिक समृद्धि सम्भव छ भन्ने दाबी गर्छन् । यसका लागि उनीहरू कर्णालीलाई पर्यटन सम्भावनाको ‘भर्जिन ल्यान्ड’ भएको तर्क अघि सार्छन् । कर्णाली प्रदेश स्थापनादेखि हालसम्मका सबै सरकारले पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्दै आएका छन् । प्रदेश सरकारबाट कर्णालीको पर्यटन क्षेत्रमा भइरहेको लगानीको तथ्याङ्क […]

जाजरकोटमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

जाजरकोट ,१ कात्तिक। जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–९ का १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विक रहेका छन् । शनिबार दिउँसो भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८, मालुवामा लुप्र ०१—००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो । दुर्घटनामा […]

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ, १ कार्तिक । चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ रहेका छन् । थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको छ भने निजी कलेजहरूको सिट संख्या यथावत् राखिएको छ । सरकारी शिक्षण संस्थामा […]

सुनकोशीमा सुमो दुर्घटना : ३ जनाको मृत्यु, ४ जना घाइतेको परिचय खुल्यो

रामेछाप ,१ कार्तिक । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटा सुमो गाडी दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा चार जना घाइते भएका छन् । आइतबार बिहान करिब २ः३० बजे को. १ ज २९७६ नम्बरको गाडी सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी […]

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए 

काठमाडौँ, १ कार्तिक । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए ।  आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ […]

राष्ट्र बैंकको तथ्यांकमा अर्थतन्त्र ६.३४ प्रतिशत पुग्यो बजार महँगी

ओम शाही सुर्खेत, १कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ । बजारमा खाद्यवस्तुको मूल्य तीव्र रूपमा बढ्दा सर्वसाधारणको भान्सा महँगिएको छ भने अर्कोतर्फ रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा सुधार देखिएको छ ।  नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन र […]

सम्पादकीय :  जुम्ली स्याउमा आर्थिक समृद्धिको सम्भावना

जुम्लाको स्याउ अब स्थानीय बारीमा सीमित छैन । कर्णालीको पहिचान बनेको यो उत्पादन देशका प्रमुख सहरका बजारसम्म पुगेको छ । पाहुनालाई सत्कार गर्न र आफन्तलाई कोशेली दिन प्रयोग हुने जुम्ली स्याउले उपभोक्ताको मन जित्दै गएको छ । तर, उत्पादन र बजार विस्तारको सम्भावना बढे पनि किसानले त्यसको अपेक्षित लाभ लिन सकेका छैनन् । बारीदेखि बजारसम्मको […]

सुनकोशीमा यात्रुवाहक सुमो खस्यो : तीन जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं ,१ कार्तिक । काठमाडौंबाट खोटाङतर्फजाँदै गरेको टाटा सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । तीन जना बेपत्ता छन् । आइतबार बिहान साढे २ बजे सिन्धुलीको फिकल गाउँपलिका–६ मा गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ […]