भलिबलबाट दुर्गम सिंजा चिनाउने प्रयास

गोल्डेन बुढा 

जुम्ला ,१० कार्तिक ।
जुम्लाको सिंजा गाउँपालिका–६ स्थित दुर्गम बस्ती जोडुलाई खेलकुदका माध्यमबाट चिनाउने उद्देश्यले पहिलोपटक भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। रेभोलुसन युथ क्लबको आयोजनामा कात्तिक १३ गतेदेखि माध्यमिक विद्यालय जोडुमा प्रतियोगिता सञ्चालन हुने भएको हो।दुर्गम बस्तीको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्ने र युवाको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले ७० हजार रुपैयाँ र द्वितीय हुने टोलीले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सहभागी टोलीका लागि सात हजार पाँच सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ।क्लबका अध्यक्ष किशोर बुढाका अनुसार प्रतियोगिताले खेलकुद प्रवर्द्धनसँगै युवाको क्षमता विकास, सांस्कृतिक तथा वातावरण संरक्षण र सामाजिक सेवामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। क्लबकी सचिव ज्योतीसरा बुढाले खेलकुदमार्फत स्थानीय बस्तीको प्रचारप्रसार गरी सिंजाको पहिचान विस्तार गर्ने लक्ष्य रहेको बताइन्।पहिलोपटक हुन लागेको प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

भलिबलबाट दुर्गम सिंजा चिनाउने प्रयास

एनपीएलमा आज २ खेल : चितवन र

भलिबलबाट दुर्गम सिंजा चिनाउने प्रयास

बर्दियामा छोरीको जन्मदर घट्दो, छोरी बचाउन आर्थिक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!