राप्तीसोनारीमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

बाँके ,७ कार्तिक ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्वपश्चिम राजमार्गमा दुईवटा कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाही रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका शाहीलाई उपचारका क्रममा १०ः८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रहरीका अनुसार आज बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा. प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा बा. प्र. ०१–०३२ च ३६१८ नम्बरको कारमा सवार ४० वर्षीया कुसुम शाही, १६ वर्षीय शुभम शाही र कार चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन् । घाइते चालक नरेन्द्रबहादुरको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ भने कुसुम र शुभमको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, अर्को कार बा. प्र. ०१–०३० च ८४९६ मा सवार दाङको घोराही उपमहानगरपालिका–७ निवासी ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
सोही कारका चालक घोराही–७ सौरियार बस्ने करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन । उनलाई इलाका प्रहरी कार्यालय कुसुम बाँकेले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका कारण केही समय अवरुद्ध भएको राजमार्ग १०ः१५ बजे देखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

राप्तीसोनारीमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १०

राप्तीसोनारीमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

राप्तीसोनारीमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु,

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!