२०८३ कार्तिक १२ गते
×

Now Playing

भाइको स्मृति दिवसमा गाउँपालिका अध्यक्ष शाहीले गरे ‘आधा अध्याय’ सार्वजनिक

गाेल्डेन बुढा, जुम्ला,३० असोज। जुम्लाको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको आत्मकथात्मक पुस्तक ‘आधा अध्याय’ बुधबार सार्वजनिक भएको छ। नेपाली कांग्रेसका उपसभापति मधु आचार्य र महामन्त्री उदयशमशेर राणाले लेखक तथा समीक्षकहरूसँग संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।कर्णालीको सामाजिक यथार्थ, राजनीतिक संघर्ष र स्थानीय सरकार सञ्चालनका अनुभव समेटिएको पुस्तकमा शाहीले बाल्यकालदेखि राजनीतिक नेतृत्वसम्मको यात्रा प्रस्तुत गरेका छन्। […]

युवा नेतृत्व र उद्यमशीलताबाट समृद्ध वीरेन्द्रनगर निर्माणको संकल्प

सुर्खेत ,३०  असोज । गंगामाला देउती बज्यैको पवित्र भूमि तथा चार जात, छत्तीस वर्णको साझा फूलबारीका रूपमा परिचित वीरेन्द्रनगरमा सुशासन, समतामूलक विकास र आर्थिक समृद्धिको नयाँ मार्गचित्र कोर्ने उद्देश्यसहित ‘नगरपालिका क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गरिएको छ। युवा पुस्ताको नेतृत्व विकास, उद्यमशीलताको प्रवर्द्धन र स्थानीय तहमा सकारात्मक परिवर्तनको अभियानलाई अघि बढाउने लक्ष्यसहित क्लबले इच्छुक […]

बालविवाह र लागुऔषध नियन्त्रणमा धार्मिक तथा सामुदायिक अगुवाहरू सक्रिय हुने

बाँके ,२९ असोज  ।  बर्दियाको ठाकुरबाबा नगरपालिकामा बालविवाह न्यूनीकरण तथा लागुऔषध दुरुपयोग नियन्त्रणका लागि धार्मिक तथा सामुदायिक अगुवाहरूले समुदायस्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत धार्मिक गुरु, अगुवा, बरघर तथा गुरुवाहरूको सञ्जालसँग आयोजित बैठक तथा छलफलमा बालविवाह […]

घुयँत्राे:अरूलाई ऐन देखाउनेको आफ्नै घरमा रडाको, रास्वपालाई राजदूत र खगेन्द्रकै झट्का!

लाैखाउ ! याे रास्वपा भन्नेले नि के काम गर्छ ,गर्छ यार ! अपराधी भनेर मान्छे पक्राउ गरेर ल्याउँछ । अदातले छाेडदिन्छ । आफ्ना मान्छे राजदुत बनाउँछु भनेर लाग्छ ।ती मान्छे त अयाेग्य मात्रै हुँदारैछन संसदिय समितिले अयाेग्य घाेषित गर्दिन्छ । पुरानाले रिसईवि साँध्न अयाेग्य भनमभने सदनाँ दुईतिहाई छन त ! राजदुत छान्ने संसदिय समितियाँ नि […]

जाजरकोटमा बलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

जाजरकोट ,२९ असोज । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा […]

राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु

हुम्ला ,२९ असोज । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशस्तरीय खेलाडी छनौट प्रतियोगिताअन्तर्गत हुम्लामा महिला भलिबल खेलका खेलाडी छनोट कार्य बुधबारदेखि सुरु भएको छ । नेपालको सबैभन्दा बढी उचाइमा रहेको सदरमुकाम सिमकोटमा कर्णाली प्रदेशका दशवटै जिल्लाका महिला भलिबल खेलाडी छनोट प्रतियोगितामा भाग लिन यहाँ पुगेका हुन् । आउँदो मंसिर १६ देखि २८ गतेसम्म सञ्चालन […]

राजापुरका विपन्न परिवारका छ बालबालिकालाई शैक्षिक सामग्रीसहित खाद्यान्न र लत्ताकपडा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब (बीयूसी) ले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत अति विपन्न चार परिवारका छ जना बालबालिकालाई करिब एक लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री, खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ। आर्थिक तथा सामाजिक रूपमा कमजोर परिवारका बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न, नियमित विद्यालय […]

अब टेलिकमको सिमकार्ड पनि घरघरमै उपलब्ध

काठमाडौँ, २९ असोज ।  सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।  सूचना तथा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गरे । सो सेवा सञ्चालनमा आएसँगै  नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नुपर्ने […]

स्थानीय तहको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न चार तहको परीक्षा

काठमाडौँ, २९ असोज  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनमा परम्परागत ‘नेताको मनोमानी र कोठाभित्रबाट टिकट वितरण’ अन्त्य गर्ने दाबीसहित ‘उम्मेदवार छनोट रूपरेखा’ सार्वजनिक गरेको छ । पार्टीको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ को परिच्छेद–९ अन्तर्गत राखिएको विशेष व्यवस्थाले यस्तो व्यवस्था गरेको हो । रूपरेखाअनुसार अब पार्टीबाट पालिका प्रमुखरउपप्रमुख, वडाध्यक्ष र वडा […]

जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी

जुम्ला, २९ असोज ।  शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ । बितेका पाँच महिनामा यहाँका २२० जनाले घरमै राहदानी पाएका छन् । जिल्ला प्रशासन कार्यालय, राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जिल्ला हुलाक कार्यालयसँग सम्पन्न सम्झौताअनुसार चालु आवको भदौसम्म १९८ जनाको राहदानी घरदैलोमै पुगेर वितरण गरिएको बताए […]

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाईदेखि छोरासम्मलाई नियुक्ति

शेरबहादुर थापा/न्यूज कारखाना सुर्खेत, २९ असोज । कर्णाली प्रदेश सभामा रहेका २९ जना सभामुखसहित सांसदहरुले स्वकीय नियुक्तिमा केहि बाहेक अधिकांशले आफन्तलाई भर्ती गरेका छन् । तीन जनाले भने हालसम्म स्वकीय नियुक्ति गरेका छैन तत्कालिन जेनजी विद्रोहबाट गठन भएको सुशिला कार्की नेतृत्वको सरकारले एक परिपत्र जारी गर्दै सांसदहरुको स्वकीय सुविधा खारेज गरेसँगै कर्णाली प्रदेश सभाले पनि […]

कर्णालीका मन्त्रीको सम्पत्ति : कोही करोडपति, कोही ऋणमा

पंखबहादुर शाही/रातोपाटी सुर्खेत, २९ असोज । कर्णाली प्रदेशका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री मंगलबहादुर शाहीको सम्पत्ति यसअघि नै सार्वजनिक भए पनि मन्त्रीहरूको भने सार्वजनिक भएको थिएन । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत ६ वटै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । जसमा सबैभन्दा धनी आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई […]

वीरेन्द्रनगरको प्रशासनिक  भवनमा पहुँच परीक्षण

सुर्खेत, २९ असोज । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नवनिर्मित भवनको पहुँच परीक्षण गरिएको छ । नगरपालिकाको नवनिर्मित भवनबाट सेवा लिनुपर्ने सबै प्रकारका मानिसका लागि समान पहुँचयुक्त भए/नभएको बारेमा परीक्षण गरिएको हो । बुधबार वीरेन्द्रनगर नगरपालिकाको स्थानीय समन्वय समितिको पहलमा भवनको ‘भवनको अपांगता पहुँचयुक्त’ परीक्षण गरिएको हो । राष्ट्रिय अपांग महासंघ नेपालको आयोजना तथा द एसिया फाउण्डेसनको […]