२०८३ कार्तिक १२ गते
×

Now Playing

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया ,२८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको समन्वय र समुदायस्तरको सक्रियतालाई प्रभावकारी बनाउने उद्देश्यले मधुवन नगरपालिकामा मानव बेचबिखन नियन्त्रणका लागि गठित स्थानीय मानब बेचबिखन नियन्त्रण समिति (LCCHT) को बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब (BUC) द्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाको सहकार्यमा आयोजित बैठकले मानव बेचबिखनविरुद्ध […]

घुयँत्राे:जेनजी सरकारको सात महिने उपलब्धि : बजारमा महँगीको रकेट, विज्ञप्तिमा मूल्यवृद्धि शून्य!

नेपाे बेबिहरकाे सरकार । भ्रष्टहरुकाे सरकार, बेथितिकाे सरकार ,असक्षम सरकार,भन्या जस्ता अनेकौं विभूषणले सत्ताेसराप गरेर पुराना दलकाे सरकारकाे खेदाे खनेर नथाकेका जेनजीहरु ऐले तिनरकाे सरकारछ । मूल्यबृध्दिले आकाश छाेईसक्याे नुनदेखि सुनसम्मका अर्थात मानिसले प्रयाेग गर्ने हरेक बस्तुमा सय देखि तीनसय प्रतिसतसम्म मूल्य बढ्याछ । दशैंकाे बेला मूल्यबृध्दि गर्न दिन्नम भन्नेदेखि दैनिक बजार अनुगमनका समाचार तिनै […]

यात्रुबाट बढी मूल्य लिने र गुणस्तरहीन खाना बेच्ने होटललाई कारबाही

काठमाडौं ,२८ असोज । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई गुणस्तरहीन खाना खुवाउने र बढी मूल्य लिने होटल तथा रेस्टुरेन्टमाथि कारबाही गरिने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुवाहक सवारीका चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुलाई यसबारे सचेत गराएको हो । विभागका अनुसार यात्रुका लागि खाजा, नास्ता र खाना उपलब्ध […]

बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगितामा न्यू डाँफे (बी) र जय किसान विजयी

बाँके ,२८ असोज । बाँकेको खजुरामा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगितामा मङ्गलवार भएका खेलमा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र जय किसान स्पोर्ट्स क्लब विजयी भएका छन् । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा न्यू डाँफे (बी) ले एनके स्पोर्ट्स क्लबलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । न्यू डाँफेको जितमा […]

नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते

बाँके ,२८ असोज । नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते शनिबार आयोजना गरिने भएको छ । आयोजक संस्था क्रिएटिभ ह्यान्ड्सले विज्ञप्तिमार्फत प्रतियोगिताबारे जानकारी दिएको छ । यस पटक म्याराथनमा १२ विधामा दौड समावेश गरिएको छ । नेपालगञ्जको बीपी चोकबाट सुरु हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर पुरुष खुला, […]

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

दाङ ,२७ असोज । लुम्बिनी प्रदेश सरकारले चाडपर्वको समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउने र सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल्ने कार्य नियन्त्रण गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको अध्यक्षतामा मंगलबार बसेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन परिषद्को बैठकले उपभोक्ताको अधिकार संरक्षण, बजारमा सहज आपूर्ति र सुरक्षित […]

प्रदेशका अधिकार हस्तान्तरण गर्न संघीय सरकार उदासीन: मुख्यमन्त्री आचार्य

विराटनगर ,२७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेशलाई दिएको एकल तथा साझा अधिकार संघीय सरकारले अझै हस्तान्तरण गर्न नसकेको बताउनुभएको छ । संविधान जारी भएको एक दशक बितिसक्दा पनि प्रदेशले आफ्नो अधिकारका लागि पटकपटक आवाज उठाउनुपर्ने अवस्था रहेको उहाँले बताउनु भएको हाे । कोशी प्रदेश सरकारले आयोजना गरेको मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रलाई […]

हराउन थाले दशैँका परम्परागत पिङ

डडेल्धुरा, २७ असोज ।  नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । आइतबार घटस्थापनासँगै यस वर्षको दसैँ घर–घरमा प्रवेश गरेको छ । मठमन्दिरसहित घरमा घटस्थापना गरे पनि बजार र गाउँघरको चहलपहल भने निकै फरक छ । रोजगारीको सिलसिलामा विदेश गएका होस् या काम […]

पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर, २७ असोज ।  कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ । दशैँ–तिहारका बेला घुमफिरका लागि पर्यटक आउने पर्यटकका लागि मङ्गलबारदेखि निकुञ्जमा जङ्गल सफारी खुला गरिएको हो । बर्सातका कारण सबै रुट खुलाउन नसकिए पनि दसैँ–तिहारमा आउने पर्यटकलाई लक्षित गरेर मुख्य रुट खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले […]

थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

बर्दिया, २७ असोज ।  बर्दियाका देसाउरी थारू बस्तीमा परम्परागत हुर्डुङग्वा नाचको रौनक छाएको छ । साँझ पर्नासाथ गाउँका बडघर वा मटावाँको घरआँगनमा भेला हुने स्थानीय मादल र मञ्जिराको तालमा गीत गाउँदै हुर्डुङग्वा नाच्न थालेका छन् । देसाउरी थारू समुदायमा दसैँको सांस्कृतिक पहिचानका रूपमा रहेको हुर्डुङग्वा नाच हरेरी पूजा गरेपछि सुरु हुने परम्परा छ ।  दशैँका […]

बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न नौ करोड बढी बजेट

बाजुरा, २७ असोज ।  सुदूरपश्चिम प्रदेश सरकारले बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा केबुलकार सञ्चालनका लागि आवश्यक अध्ययन गर्न रु तीन करोड २५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशसभामा पेस भएको बजेटमा बडीमालिका क्षेत्रको पर्यटन प्रवर्‌द्धन गर्ने उद्देश्यले केबुलकार सञ्चालनको सम्भाव्यता अध्ययनका लागि उक्त बजेट छुट्याएको […]

नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु

बाँके, २७ असोज ।  नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको १५९ औँ संस्करण आइतबारदेखि सुरु भएको छ । रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताए । उनले रामलीला नेपालगन्जको ऐतिहासिक पहिचान बनेको उल्लेख गर्दै यसको संरक्षण र प्रवद्र्धनमा नेपालगन्ज […]

बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन 

सुर्खेत, २७ असोज ।  कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको बेरुजु घटाउन निर्देशन दिएका छन् ।  मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा आइतबार आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारमातहतका निकाय तथा कार्यालयमा देखिएको बेरुजु घटाउन तथा थप बेरुजु बढ्न नदिन निर्देशन दिएका हुन ।  उनले बजेटको प्रभावकारी कार्यान्वयन, […]