पाक्ने बेलाको धानमा मरुवा र खैरो थोप्ले रोगको संक्रमण, बाँकेका किसान चिन्तित
बाँके ,२४ असोज । बाँकेमा पाक्न लागेको धानबालीमा मरुवा र खैरो थोप्ले रोगको संक्रमण देखिएपछि किसान चिन्तित भएका छन्। धान भित्र्याउने समय नजिकिँदै गर्दा बोट सुक्ने र पात पहेँलिने समस्या देखिएपछि यस वर्ष अपेक्षित उत्पादन नहुने हो कि भन्ने चिन्ता किसानमा बढेको छ। जिल्लाका नेपालगन्ज, डुडुवा र जानकीलगायतका स्थानीय तहमा धानबालीमा रोगको संक्रमण देखिएको हो। […]



