सङ्घीयताका कारण कर्णाली राज्यको मूल प्रवाहमा आयोः मुख्यमन्त्री शाही  

सुर्खेत, २३ असोज । 

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विगतमा भएको राजनीतिक परिवर्तन र आन्दोलनका कारण नेपाली जनताले अधिकार पाएको बताएका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ चुप्रामा आयोजित सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले विगतमा केही भएन भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको बताए । 

विगतले नेपाली जनतालाई अधिकारसम्पन्न बनाएको र विकासको लहर ल्याएको मुख्यमन्त्री शाहीले दाबी गरे ।   मुख्यमन्त्री शाहीले कर्णालीजस्तो विकट भूगोल सङ्घीयताकै कारण राज्यको मूल प्रवाहमा जोडिन सक्षम भएको जनाए । उनले भने, “मुलुकमा गणतन्त्र र सङ्घीयता आउँथेन भने डुङ्गेश्वर गाउँपालिका यो संरचनामा तयार हुँदैनथ्यो । पछिल्लो दश वर्षको अवधिमा जुन स्तरमा विकास भएको छ, त्यसबाट स्थानीय तह अधिकारसम्पन्न भएका छन् । यो सङ्घीयताकै देन हो ।” 

कर्णाली प्रदेशको भौतिक पूर्वाधारमन्त्री हुँदा नै प्रदेश राजधानीबाट पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने योजना अघि सारेको स्मरण गर्दै उनले अगाडि भने, “मैले एकपटक अनुगमन पनि गरेको थिए । अहिले कालोपत्रे भइसकेको छ ।”

उनले डुङ्गेश्वर गाउँपालिकाको समग्र विकासका लागि प्रदेश सरकारसँग अनुरोध भएमा आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाए । महोत्सवमा गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसी, वडाध्यक्ष श्याम रानालगायतका जनप्रतिनिधिको उपस्थिति थियो । 

सङ्घीयताका कारण कर्णाली राज्यको मूल प्रवाहमा आयोः मुख्यमन्त्री शाही  

कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!