२०८३ कार्तिक १२ गते
×

Now Playing

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

दाङ ,२१ असोज । लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायण प्रसाद पौडेललाई दिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका वरिष्ठतम कर्मचारी पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रदेश सचिव भई कामकाज गर्न तोक्ने निर्णय गरेको हो । पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकारसमेत […]

‘जुम्लाले खेलकुदमा पनि आफ्नो सामर्थ्य देखाउनुपर्छ’,उपसभामुख यशाेदा न्यौपाने

गोल्डेन बुढा जुम्ला ,२१ असोज  जुम्लाले कृषि, पर्यटन र खस भाषाको उद्गमस्थलका रूपमा मात्र नभई खेलकुदको क्षेत्रमा पनि आफ्नो सामर्थ्य देखाउनुपर्ने कर्णाली प्रदेशसभा उपसभामुख यशोदा न्यौपानेले बताएकी छन्। विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायादेखि सुनमाया, विश्वरूपा र राममायाजस्ता खेलाडी जन्माएको जुम्लामा नयाँ प्रतिभाको सम्भावना अझै ठूलो रहेको उनले बताइन्। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाबाट खेलाडी […]

घुयँत्राे:सुर्खेत कांग्रेसको नयाँ सूत्र : चुनाव नहोस्, प्रतिनिधि चाहिँ होऊन् !

जाे मजा काँग्रेस हुनुमा छ त्याे मजा अन्त अर्थात रास्वपाकाे दुईतिहाई भित्रकै मन्त्री हुनुमानि छैन । सुरखेत काँग्रेसकाे जिल्ला अधिवेशन ४ गत्याट चल्या हाे ऐलेसम्म २ नं क्षेत्र काे महाधिवेशन प्रतिनिधि छनाैट चुनाब चल्या चल्यैछ। २ नं क्षेत्रका काेई नेता सुर्खेतमै बस्दाबस्दै विना चुनाब र विनाचयन नेताकाे आडाँ ” मलाई महाधिवेशन प्रतिनिधि बनाकाेमा क्षेत्रिय प्रतिनिधिलाई […]

जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिए, पौडेलको स्वागत उपाध्यायको विदाई

बाँके ,२० असोज । बाँकेको जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी परिवर्तन भएको छ। प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत परशुराम उपाध्यायको सरुवासँगै उहाँको सम्मानपूर्वक विदाई गरिएको छ भने नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेललाई स्वागत गरिएको छ। गाउँपालिकाले आयोजना गरेको औपचारिक कार्यक्रममा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई खादा, फूलमाला तथा मायाको चिनो प्रदान गरी विदाई […]

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके, २० असोज ।  बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् ।  अचानक धानखेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले बताए । “धानको पातमा साना खैरो हरियो पानीले भिजेको जस्ता थोप्ला देखिने र सङ्क्रमण बढ्दै जाँदा धान सुक्दै जाने समस्या देखिएको छ”, बुढाथोकीले भने ।  […]

कोहलपुर नगर अस्पतालमा ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा

बाँके, २० असोज ।  कुकुर तथा अन्य जनावरको टोकाइबाट बच्न कोहलपुर नगरअस्पतालले आजदेखि नियमित एआरभी सेवा सञ्चालनमा ल्याएको छ । यसअघि कोहलपुरवासी सो सेवा लिन नेपालगञ्जस्थित भेरी अस्पताल पुग्नुपर्ने बाध्यता थियो ।  नगर अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश विश्वकर्माले रेबिजको जोखिममा परेका सेवाग्राहीले नगर अस्पतालबाटै एआरभी सेवा लिन सक्ने बताए । जनावरले टोकेमा उपचारमा ढिलाइ नगरी […]

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन

बाजुरा, २० असोज ।  बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ । प्रहरी प्रशासनले समुदायसँगको सम्बन्धलाई थप बलियो बनाउँदै कानुनी सचेतना दिने तथा सेवा प्रवाहको बारेमा जानकारी गराउने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रमलाई जोड दिएको हो ।  प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षा लगायतका विषयमा समुदायमै पुगेर नागरिकलाई सचेत […]

चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल 

बर्दिया, २० असोज ।  जिल्ला अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा सघन उपचारकक्ष (आइसीयू)को सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई उपचारका लागि नेपालगन्ज र कोहलपुरलगायतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा दैनिक औसतमा २५० जना बिरामी उपचारका लागि आउने गरे पनि आवश्यक जनशक्ति र आइसीयू सुविधा नहुँदा जटिल अवस्थाका बिरामीले समयमै उपचार पाउन कठिनाइ हुने […]

१५ औँ महाधिवेशनमा थापाको राजनीतिक प्रतिवेदन  विगतको साख होइन, बदलिएको कार्यशैलीबाट कांग्रेस अघि बढ्ने

ओम शाही सुर्खेत, २० असोज ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतको साख बेचेर नभई, व्यवहार बदलेर अघि बढे मात्रै पार्टी रुपान्तरण गर्न सकिने सन्देशका साथ आफ्‌नो राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका छन् । आइबारदेखि काठमाण्डौंको खुला मञ्चमा जारी कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा थापाले छलफलका आफ्‌नो राजनीतिक प्रतिवदेन प्रस्तुत गरेका हुन् ।  ४६ […]

सम्पादकीय : अब राष्ट्रिय खेलकुद नसरोस्‌

दुई वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता पाँचपटकसम्म मिति सरेपछि अन्ततः आगामी मंसिरमा हुने निश्चितप्रायः बनेको छ । कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुदको यो महाकुम्भ पटक–पटक सर्दै जानु आफैंमा राज्यको खेलकुद व्यवस्थापनप्रतिको गम्भीर प्रश्न हो । अब पनि कुनै बहानामा प्रतियोगिता सार्ने अवस्था आउनु हुँदैन । तोकिएको मितिमा प्रतियोगिता सम्पन्न […]

सल्यानकाे सारदाका मेयर भण्डारीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

सुर्खेत, २० असाेज । सल्यानकाे शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घाेषणा गरेका छन् । भण्डारीले कर्णाली प्रदेश (भूगोल) तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घाेषणा गरेका हुन् । उनले आफ्नो उम्मेदवारीसँगै ‘समृद्ध कांग्रेस, समृद्ध कर्णाली’ भन्ने नारा अघि सारेका छन् । पार्टी रूपान्तरणसँगै कर्णालीको समृद्धिका लागि आफूले […]

निशुल्क माेतिया विन्दु आँखा शिविरबाट ६ सय ५० लाभान्वित

दुर्गा विसि  सल्यान ,२० असोज । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालित ३ दिने आँखा शिविरबाट ६ सय ५० आँखाका विरामिले सेवा लिएका छन् । माेतिया विन्दु भएका ६० जेष्ठ नागरिकले पुनः उज्यालो देख्न पाएका छन् ।शल्यक्रिया पश्चात् पुनः आँखाले सबै देख्न पाएकोमा खुसि जनाएका छन् ।निशुल्क माेतिया विन्दु छनौट तथा निशुल्क शल्यक्रिया शिविर सञ्चालनबाट […]

स्वास्थ्यकाे समिक्षा पछि देउखुरी घाेषणापत्र जारी लुम्बिनीमा स्वास्थ्य सेवा सुधारदेखि आयुर्वेद औषधि उत्पादनसम्मका १३ प्रतिबद्धता

दाङ ,२० असोज । लुम्बिनी प्रदेशकाे स्वास्थ्य सेवालाई गुणस्तरीय, सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले १३ बुँदे देउखुरी घोषणापत्र जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा सम्पन्न गरेपछि उक्त घोषणापत्र जारी गरिएको हो । समिक्षा कार्यक्रमकाे उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले […]