२०८३ कार्तिक १२ गते
×

Now Playing

महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी

दाङ ,१९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा तथा निवृत्त हुने व्यवस्थामा एकरूपता कायम गर्न आवश्यक नीतिगत व्यवस्था गरिने बताउनुभएको छ । नेपाल स्वास्थ्य स्वयंसेवी संघ लुम्बिनी प्रदेश समितिले सोमबार मुख्यमन्त्री आचार्यसमक्ष सेवा सुविधा, सामाजिक सुरक्षा तथा निवृत्तसम्बन्धी विभिन्न माग र सुझाव पेस गरेको थियो । माग तथा सुझाव […]

सुर्खेतमा विश्व लगानीकर्ता सप्ताह, सचेत लगानीमा जोड

सुर्खेत ,१९ असोज । पूँजी बजारमा लगानीकर्ताको सहभागिता बढेसँगै लगानीसम्बन्धी ज्ञान, जोखिमको पहिचान र सही सूचनाको पहुँचलाई पनि सँगसँगै विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। विश्व लगानीकर्ता सप्ताह–२०२६ अन्तर्गत सुर्खेतमा आयोजित प्रभातफेरी तथा लगानीकर्ता सचेतना कार्यक्रममा सहभागी वक्ताहरूले सूचनामा आधारित, विवेकपूर्ण र जिम्मेवार लगानी व्यवहार विकास गर्न आवश्यक रहेको बताएका हुन्। स्टक ब्रोकर एसोसिएसन तथा […]

विश्व लगानीकर्ता सप्ताहअन्तर्गत सुर्खेतमा प्रभातफेरी र लगानीकर्ता सचेतना कार्यक्रम हुने

सुर्खेत ,१९ असोज । विश्व लगानीकर्ता सप्ताह–२०२६ अन्तर्गत सुर्खेतमा लगानीसम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रभातफेरी तथा लगानीकर्ता शिक्षा एवं शेयर सचेतना कार्यक्रम आयोजना गरिने भएको छ। अन्तर्राष्ट्रिय धितोपत्र आयोग संगठन (आईओएससीओ) को प्रवर्द्धनमा अक्टोबर ५ देखि ११ तारिखसम्म मनाइने विश्व लगानीकर्ता सप्ताहअन्तर्गत नेपाल धितोपत्र बोर्डको संयोजन तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनामा सुर्खेतमा कार्यक्रम गर्न […]

‘राजनीतिमा युवाहरुलाई अवसर छ’

सुर्खेत, १९ असोज ।  कर्णालीका युवाहरुले राजनीतिमा युवाहरुलाई राम्रो अवसर भएकोले बताएका छन् । आईतवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एकान्टबिलिटी ल्याब नेपालले निर्वाचनमा युवाहरुको सहभागिताको सवालमा गरेको कार्यशालामा सहभागी युवाहरुले यस्तो बताएका हुन् । राजनीतिमा युवाहरुको लागि सिर्जित अवसरहरु प्राप्तीको क्रममा आईपर्ने चुनौतीहरु चिर्नुपर्ने उनीहरुको भनाइ छ ।  कार्यशालामा सहभागी रुकुमपश्चिमका सुरक्षा डाँगीले बदलिएको व्यवस्था […]

एमयूको प्रगति तथा भावी योजनाबारे छलफल

सुर्खेत, १९ असोज । मध्यपश्चिम विश्वविद्यालय (एमयू) को प्रगति तथा भावी योजनाका बारेमा छलफल भएको छ । कार्यक्रममा उपकुलपति सुवालले पछिल्लो तीन महिनाको अवधिमा विश्वविद्यालयले हाँसिल गरेका समग्र उपलब्धि, शैक्षिक तथा प्रशासनिक सुधार, परीक्षा व्यवस्थापन, विद्यार्थी छात्रवृत्ति, जनशक्ति व्यवस्थापन, डिजिटलाइजेसन तथा पूर्वाधार विकासलगायतका विषयमा प्रगति विवरण प्रस्तुत गरेका थिए ।  कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका […]

थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै 

दाङ, १९ असोज ।  भापमा पाकेको तातो ढिक्री र थारू समुदायको परम्परागत स्वाद बोकेको घोंगी…. । थारू भान्सामा परापूर्वकालदेखि पाक्दै आएका यस्तै मौलिक परिकारहरु अब गाउँघर र पर्वमा मात्र सीमित छैनन् । यी परिकारलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन थालिएको छ ।  शनिबारमात्रै दाङको घोराहीमा थारू समुदायका परम्परागत परिकारहरू उपलब्ध गराउने उद्देश्यले ‘ढिक्री घर’ सञ्चालनमा […]

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

धनगढी, १९ असोज ।  सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म सात लाख ३२ हजार ७५२ जना बिमा प्रणालीमा जोडिएका हुन् ।  बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदले बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्याङ्कअनुसार जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीका […]

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

दाङ, १९ असोज ।  घोराही उपमहानगरपालिका–१४ की सरिता केसी ताजा सागसब्जी तथा फलफूल खरिद गर्न बिहानै घोराही–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र पुग्छन् । कृषि उपज बिक्री केन्द्रमा ताजा सागसब्जी सस्तोमा पाइने भएकाले दैनिक त्यहाँ जाने गरेको उनी बताउँछन ।  “अन्यत्र किनमेल गर्दा ताजा नपाइने र महँगो पनि पर्ने भएकाले हरेक दिन बिहान यहाँ सागसब्जी […]

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि  यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली, १९ असोज (रासस/एएफपी) ।  भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूमाथी लागेको यौन दुर्व्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । मतदाता नामावलीको व्यापक पुनरवलोकनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै अनियमितताको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि आन्दोलन गरिरहेका छन् । निर्वाचन आयोगले […]

क्षेप्यास्त्र प्रविधिमा एआईको प्रयोग, उत्तर कोरियाद्वारा परीक्षण

प्योङयाङ, १९ असोज (रासस/एएफपी) ।  उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी छोरी किम जु एसँगै शनिबार गरिएको क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरिएको थियो । उक्त प्रविधिले क्षेप्यास्त्रलाई कम उचाइमा उडिरहेका बेला आफ्नो उडान मार्ग परिवर्तन […]

१० औँ राष्ट्रिय खेलकुद हुनेमा आश खेलका ३२ विधामा साढे ६ हजार  खेलाडीले प्रदर्शन गर्नेछन् आफ्‌नो प्रतिभा

ओम शाही सुर्खेत, १९ असोज । दुई वर्ष अगावै सम्पन्न भइसक्नु पर्ने १० औँ राष्ट्रिय खेलकुद प्रतयोगिता यस पटक भने निर्धारित मितिमा सञ्चालन हुने निश्चित जस्तै बनेको छ । पछिल्लो समय खेलकुदको महाकुम्भ मानिने राष्ट्रियस्तरको सबैभन्दा ठुलो प्रतियोगिता सञ्चालनमा मुख्य आयोजक संघीय सरकारले तदारुकता देखाएपछि पाँचौ पटक सरेको प्रतियोगिता आगामी मंसिरमा हुने निश्चित प्रायः बनेको […]

सम्पादकीय :  स्थानीय तहको स्वागतयोग्य काम

स्थानीय तहले वर्षौंदेखि विकास बजेटको ठूलो हिस्सा सडक, खानेपानी, भवनलगायतका भौतिक पूर्वाधार निर्माणमा खर्च गर्दै आएका छन् । यस्ता पूर्वाधार नागरिकका आधारभूत आवश्यकता पूरा गर्न अपरिहार्य छन् । तर, विकास बजेटको अर्थ केवल चालु वर्षमा देखिने संरचना निर्माण गर्नु मात्र होइन । स्थानीय तहलाई दीर्घकालीन रूपमा आर्थिक रूपमा सक्षम बनाउने र आफ्नै आम्दानीका स्रोत सिर्जना […]

घुयँत्राे:कांग्रेसको चुनाव : स्टेयरिङ गगनको, एक्सिलेटर देउबाको!

कति कतिले याद गर्नु भाछ कुन्नि मैले चाहिँ ट्रकमा ” ईलाका तेरा, धमाका मेरा” भनेर लेख्ने गर्या ट्रक सायरी खुब याद गर्ने गर्याछु । किनभने यस्ता ट्रक,बस,मिनिबस,जिपमा लेख्ने गर्या सायरीले कैले काईँ बेस्सरी मन छुने गर्या हुन्छन् । ऐले याे देशाँ चल्या काँग्रेसकाे महाधिवेशन हेर्दा र मान्छ्या कुरा सुन्दा अनि चुनाबि गतिविधि हेर्दा ” ईलाका […]