२०८३ कार्तिक १२ गते
×

Now Playing

घुयँत्राे:गगनले रुख बोकेपछि देउबाको हातमा बाँकी शंख मात्रै

यति भएछि काँग्रेसकाे पाटि भनेनि गगनथापाकाे पाटि भनेनि महाधिवेशन सक्कियाे हैन त ! अब त कुनदिन गगन आउँछ र यति ठूला डल्ला खान दिन्छ भनेर ढुक्या देउबा दाशहरुनि महाधिवेशन आनन्दले सिध्याएर सब्लाई भाग पुर्याएर पदबाँडेर कार्यकर्ता खुशी पारेछि अब न गगन आउँदाे न पाटिकाे झण्डा आउँदाे न रुख आउँदाे भएछि चुनदेबियाँ मुर्छा परेर बस्या हाेलान […]

लामासिमको जंगलबाट चन्दननाथमा ५२ हाते लिङ्गो ल्याइयो

गाेल्डेन बुढा जुम्ला,२२ असोज । बिहीबार बिहान चन्दननाथ नगरपालिका–३ लामासिमको जंगलमा काटिएका तीनवटा अग्ला काठ खलंगातर्फ झरे। बाटो उही थियो, गन्तव्य उही। तर लिङ्गो बोकेर आउने मानिस फेरिएका छन्। कुनै समय गाउँका तालुकदारको उर्दीपछि सयौँ गाउँले काँधमा लिङ्गो बोकेर जंगलबाट मन्दिरसम्म पुग्थे। अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी र केही स्थानीयको सहभागितामा लिङ्गो […]

दलित बालिकाका माग सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

दाङ ,२२ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दलित बालिकाको शिक्षा, सुरक्षा, स्वास्थ्य, समानता र नेतृत्व विकासका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ । दलित महिला संघ दाङको सहजीकरणमा प्रदेशका दलित बालिकाले तयार पारेको १० बुँदे मागपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले समाज रुपान्तरणका लागि युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले युवाले […]

आलेख : गमलैगमलाको सहर भक्तपुर

रेणु त्वानाबासु भक्तपुर, २२ असोज ।  हिजोआज तपाईं भक्तपुर घुम्न आउनुभयो भने एउटा फरक दृश्य देख्न सक्नुहुन्छ, त्यो हो जताततै गमला र बोटबिरुवा । भक्तपुर नगरका मुख्य–मुख्य सडकदेखि गल्लीगल्लीका सडकमा पनि छेउछाउमा गमलामा फूलका बोट रोपेर राखेको जताततै सजिलै देख्न सकिन्छ । हिजोसम्म कला र संस्कृतिको सहरका रूपमा चिनिएको भक्तपुरमा आजभोलि एउटा नयाँ र पर्यावरणमैत्री […]

पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

कञ्चनपुर, २२ असोज ।  केही वर्ष अघिसम्म धान काट्ने निर्णय गर्दा आकाश नियाल्ने कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती टोलका निलम कार्की अहिले मौसम पूर्वानुमानको सूचनाले ढुक्क छन् । कहिले पानी पर्छ, कति पर्छ र वर्षाको सम्भावना कस्तो छ भन्ने जानकारी उनको मोबाइलमै आइपुग्छ ।  मौसमबारे जानकारी लिन म्यासेजका अलावा फोन गर्न सकिन्छ । “पहिला धान काट्न […]

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौँ, २२ असोज । इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता विकास, साइबर सुरक्षा र अन्तरनिकाय समन्वयलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिइएको छ । निर्वाचन आयोगद्वारा आयोजित ‘इन्टरनेट मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तर्क्रिया कार्यक्रम’मा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले इन्टरनेट मतदान प्रणाली कार्यान्वयनका लागि […]

अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै  स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन

काठमाडौँ, २२ असोज ।  केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नगरीकनै तथा नेपाल सरकारको स्वीकृतिसमेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । सङ्घीय संसद् राष्ट्रियसभामा यही असोज १२ गते प्रस्तुत भएको आयोगको आठौँ वार्षिक प्रतिवेदन २०८३ अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १७ वटा पालिकाले […]

ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

बाजुरा, २२ असोज । बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उनले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाएका हुन । गाउँमै आफ्नो जमिन र स्थानीय स्रोतसाधनको उपयोग गर्दै त्यस फलबाट आम्दानी लिन सकिन्छ भन्ने उनले उदाहरण प्रस्तुत गरेका छन् । […]

सचिव बढुवाका लागि चक्र बुढाको एकल नाम सिफारिस

काठमाडौं, २२ असोज ।  प्रशासन सेवाको रिक्त एक सचिवमा बढुवाका लागि चक्रबहादुर बुढाको एकल नाम सिफारिस भएको छ । लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बुढाको नाम सचिव बढुवाका लागि एकल सिफारिस गरेको हो । जेष्ठताका आधारमा बुढा सचिव बढुवाका लागि सिफारिस भएका हुन् । महिला, बालबालिका, लैगिङ्क तथा […]

हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला, २२ असोज ।  जिल्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ । नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । वर्षासँगै चिसो […]

रामलीला मञ्चनमा युवा पुस्ताको साथ खोजिँदै

बाँके, २२ असोज ।  नेपालगन्जमा १५० वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला संस्कृतिको विरासत जोगाउन युवापुस्ताको साथ खोजिएको छ । यस वर्ष रामलीला मञ्चनको १५९ औँ संस्करणलाई आकर्षण बढाउन युवा पुस्तालाई समेत साथमा लिएर जिम्मेवारी दिइएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । “पहिले युवा पुस्ताले रामलीलाका बारेमा त्यति धेरै चासो र चिन्ता […]

चाडपर्व लक्षित सुरक्षा योजना तयार पाँच हजार बढी प्रहरीको निगरानीमा कर्णाली

ओम शाही सुर्खेत, २२ असोज । कर्णाली प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना तयार भएको छ । विशेषगरी दशैं, तिहार, छठ लगायतका चाडपर्वमा हुन सक्ने सुरक्षा जोखिमको विश्लेषण गरेर सुरक्षा योजना तयार गरिएको हो । प्रदेश प्रहरीले तयार पारेको ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८३’ विजया दशमी, शुभ दिपावली, नेपाल संवत तथा छठपर्व अवधिभर (२५ असोज २०८३ […]

हर्मुजको चिन्ताले तेल महँगियो

हङकङ, २२ असोज (रासस/एएफपी) ।  इरानले महत्त्वपूर्ण हर्मुज जलघाँटीमा तेल ट्याङ्करमाथिको आक्रमण बढाएको देखिएको चेतावनीपछि मध्यपूर्वबाट हुने तेल आपूर्तिप्रति चिन्ता बढ्दा बुधबार कच्चा तेलको मूल्य उकालो लागेको छ भने एसियाली सेयर बजारमा गिरावट आएको छ । बेलायतको मेरिटाइम ट्रेड अपरेसनका अनुसार यस महिना हर्मुज जलघाँटी र पर्सियन खाडी क्षेत्रमा नौ वटा आक्रमण भएका छन् । […]