घुयँत्राे:गगनले रुख बोकेपछि देउबाको हातमा बाँकी शंख मात्रै

यति भएछि काँग्रेसकाे पाटि भनेनि गगनथापाकाे पाटि भनेनि महाधिवेशन सक्कियाे हैन त ! अब त कुनदिन गगन आउँछ र यति ठूला डल्ला खान दिन्छ भनेर ढुक्या देउबा दाशहरुनि महाधिवेशन आनन्दले सिध्याएर सब्लाई भाग पुर्याएर पदबाँडेर कार्यकर्ता खुशी पारेछि अब न गगन आउँदाे न पाटिकाे झण्डा आउँदाे न रुख आउँदाे भएछि चुनदेबियाँ मुर्छा परेर बस्या हाेलान । अब पाटि टुक्रयाएरै छाेडिन्छ भनेर लाग्या डाक्टर प्रकाश शरण, कान्छा लामा, दिपक खडका,विमलेन्द्र निधि,विजय गच्छदार , किस्न सिलाैटाे,जस्ता आर्जुका दाशहरु अब अर्को पाटि गठनतिर लाग्ने त हाेलान त ! पाटियाँ सँधैभरि गुठ उपगुठ अनि आरजु र यी आरजुका दाशहरुले एकछत्र राज चलाकाे काँग्रेस अब यीनका हाताट चुँडेर गगनले लैदेछि यिनले के पाटि गठन गर्ने हुन अनि यिनकाे पाटिकाे पछाडि काे लाग्ने हाे । काँग्रेसशीत सँगसँगै जिल्लाअधिवेशन गर्ने नाैटंकि गर्या यिनका चुनाबाँ एक जिल्लाँ एक नेता बनाएर शत्रु हँसाउँने काम बाहेक अरु केही भएन । पैलै गासाँ ढुङ्गा भन्याझैँ पाटियाँ भित्र्याउननि कस्तालाई भित्र्याउन लाए भने जाे देशकाे सबैले चिने जान्या अपराधि हाे त्यसैलाई ल्याएर देउबा हाताट पाटि प्रवेश भनेर खादा ओडाउन ला काे देख्दै अब यिनरले खाेल्ने पाटि राम्रै उँभाे लाग्ने भाे भन्ने त जनताले अनुमान गरेकैछन । अनि आर्जुका देवरहरले देउबालाई नेपालाँ बाेलाई बाेलाई सिध्याउने भए भन्ने त लागेकै हाे । किन त भन्दा यिनका पालाँ यिनरले सत्ताँ बस्दा जसरि जनतालाई रुवाए अब त्यसै गरि आफू रुने पालाे आकाे यिनलेनि राम्रै देख्याहाेलान देख्न त तरलके गर्ने ऐले यिनरुनि मर्ता क्या नहि कर्ताकाे हालताँ पुग्याछन । यिनका बानि ब्यहाेरा सबैलाई थाहै छ ।कार्यकर्तालाई आफ्नाघराँ काम गर्न राख्या कामदारलाईझैँ हप्किदप्कि गर्ने बानिले यिनिसित टिक्न काे सक्लान र? राजनीति गर्ने
बानी ब्यहाेरा नभाका यस्ता नेतालाई लेर काँग्रेस पाटि आफ्नै बनाउँछु भनेर लाग्ने शेर बादुरनि उस्तै हुन । जब आँफुलाई राजनीति गर्ने चाहनै छैन भने फेरि यिनले जे जे भन्याे त्यै त्यै गरेर हिँडने शेर बादुरनि उस्तै हुन नि ! जेनजीले पिटेर थला पार्दा समेत तँलाई के भाे भनेर साेधखाेज गर्न नआउने यस्ता स्वार्थी र डरपाेक नेतालाई लेर पाटियाँ उछलकुद मच्चाउन खाेज्ने देउबाकाे मति नि के भा हाे कुन्नि ! यिनि मान्छे त गतिला हैनन भन्ने कुरा यतिका बर्ष संगत गर्दानि के साँच्चै देउबाले यिनकाे बानि व्यहाेरा था पा थेनन हाेला त ! अब के कतै काँग्रेस जाेडिएकाे नामकाे पाटि दर्ता गरेर शंख चुनाब चिन्ह लेर यिनका नामाँ शंख फुक्दै हिँडने काम बाहेक अब देउबा हाताँ के नै बच्याे र ? याे बुढेसकालाँ न जाेई साथ भै न पाटि हात भाे । के भन्न सकिन्छ र यै देशाँ बसी रह्याे भनेत अँझ बालेनका ठिनामिनाले कुन दिन हतकडि लाएर डिल्लिबजार खाेराँ पुर्याउने हुन । यतिका बर्ष मस्ति गरेर खाकाे जिन्दगी बल्ल बल्ल बचाएर सिंगापुर र हङकङ पुर्या बेलाँ ती बिनकामका डेट एक्सपाएरवाला नेताका कुरा सुनेर त्यस्सै नेपाल आएर जिन्दगी नर्कमा पुग्ने अबस्था आएन त अब याे नर्ककाे जिन्दगी जिउनु भन्दा हुन्छ भने र मिल्छ भने सुटुक्क सिंगापुरतिर फाँडि हाने हुन्छ । अब कतिन्जेल बाँचियला र बाँच्ने बेलासम्मलाई खानपुग्ने सम्पति हाेला के रे । अब ती नेतालाई नि बाईबाइ गर्ने देशलाईनि बाईबाई गर्ने यसैमा भलाे देख्छु है म त !
” बिरसिक्का “




