सचिव बढुवाका लागि चक्र बुढाको एकल नाम सिफारिस

काठमाडौं, २२ असोज ।
प्रशासन सेवाको रिक्त एक सचिवमा बढुवाका लागि चक्रबहादुर बुढाको एकल नाम सिफारिस भएको छ । लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बुढाको नाम सचिव बढुवाका लागि एकल सिफारिस गरेको हो ।
जेष्ठताका आधारमा बुढा सचिव बढुवाका लागि सिफारिस भएका हुन् । महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सहसचिव बुढा जेष्ठताका आधारमा बढुवा हुने भएका छन् । उनी जाजरकोट जिल्लाको पिछडिएको क्षेत्र प्रयोग गरेर सहसचिव भएका हुन् । राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ अनिवार्य अवकाशमा गएपछि उक्त सिट रिक्त छ । पन्थको ठाउँमा बुढा सिफारिस भएका हुन् ।






