२०८३ कार्तिक १२ गते
×

Now Playing

सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठक सुरु

सुर्खेत,१८ असोज । आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीका लागि सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको बैठक सुरु भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक सुरु भएको हो । बैठकमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीलगायत सम्बन्धित पदाधिकारी […]

५० शय्याको जिल्ला अस्पतालमा रगतको जोहो गर्न सास्ती

जाजरकोट, १७ असोज । जाजरकोट सदरमुकाममा रहेको ५० शय्याको जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा उपचारका लागि आउने बिरामी तथा आफन्तले रगतको जोहो गर्न निकै सास्ती खेप्नुपरेको छ । आकस्मिक अवस्थामा रगत आवश्यक परे अस्पतालमै सहज रूपमा उपलब्ध हुने व्यवस्था नहुँदा बिरामीका आफन्त स्वयंसेवी रक्तदाता खोज्दै हिँड्नुपर्ने बाध्यता छ । विशेषगरी प्रसूति, दुर्घटना, शल्यक्रिया तथा अन्य […]

जडीबुटी सङ्कलन गर्न गएकाबिच झडप

मुगु, १८असोज । मुगुमकार्मारोङ गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने वनमा जडीबुटी सङ्कलन गर्न गएका स्थानीयबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्‌ । मुगुमकार्मारोङ गाउँपालिका–९, पाँपु र छाइलाका १३ जना स्थानीय असोज १० गते कुट्की जडीबुटी सङ्कलनका लागि गाउँबाट सीमाक्षेत्रमा पर्ने वनतर्फ गएका थिए । असोज ११ गते जडीबुटी […]

लुम्बिनी प्रादेशिक अस्पतालमा शल्यक्रियाको चाप बढ्दो

रुपन्देही, १८ असोज ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमा ७४१ वटा शल्यक्रिया गरिएको छ । अस्पतालको सर्जिकल विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौमा नियमित सेवा र अतिरिक्त सेवा अवधि (ईएचएस)मार्फत विभिन्न प्रकृतिका शल्यक्रिया गरिएको हो । अस्पतालका सर्जिकल विभाग प्रमुख रचना कार्कीका अनुसार भदौमा नियमित सेवातर्फ ४९७ र ईएचएसमार्फत २४४ गरी […]

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

कपिलवस्तु, १८असोज ।  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्ययोजना निर्माण गरिरहेको बताएका छन् । कपिलवस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा उनले नेपालका वनमा काठ कुहिने र धोद्रिने तर विदेशबाट काठ आयात हुने अवस्था अन्त्य गर्न कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको […]

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौँ, १८ असोज ।  सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ । सरकारले कर्जा असुली न्यायाधीकरण कार्यालयमार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाघ्दासमेत सावाँ–ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो । चालु आवको असोज १५ गतेसम्म विभिन्न २७ वटा मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाहरूको करिब रु ११ करोड […]

सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित  कार्यक्रम

काठमाडौँ, १८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ । कृषि उद्यमीका लागि ल्याइएको उक्त कार्यक्रम सञ्चालन गर्न विभागले ‘कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम योजना छनोट दिग्दर्शन, २०८३’ तयार गरेको छ । […]

सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने 

काठमाडौँ, १८ असोज ।  नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ ।  महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको छ । विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट […]

बैंकहरूले एटिएममा राख्न थाले सयका नोट

काठमाडौं, १८ असोज । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना केही एटिएम मेसिनबाट सय रुपैयाँ दरका नोटहरू पनि झिक्न मिल्ने सेवा सुरु गरेका छन् । आगामी असोज २५ गते घटस्थापनाको दिनबाट सुरु हुने दसैं लगायतका चाडपर्वलाई लक्ष्य गर्दै बैंकहरूले एकसय रुपैयाँ दरका नयाँ नोट पनि एटिएमममा राख्न थालेका हुन् । यसपालीको दसैं […]

कर्णाली स्वास्थ्य विज्ञानमा रक्तसञ्चार सेवा थालनी

जुम्ला, १८असोज ।  जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा ल्याएको छ । सेवा संचालनमा आएसँगै आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगत स्थानीयस्तरमै उपलब्ध हुने प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृतले अमृत भण्डारीले जानकारी दिए ।  प्रतिष्ठान र अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहकार्य तथा सहयोगमा […]

कर्णालीमा जलविद्युत विकासमा नयाँ मोडल स्थानीय तहको लगानीमा  स्यार्पुले थाल्यो परीक्षण उत्पादन 

ओम शाही सुर्खेत, १८ असोज । स्थानीय तहले वर्षौंदेखि विकास बजेटमा सडक, खानेपानी, भवन र अन्य पूर्वाधारमा खर्च गर्दै आएका छन् । तर, रुकुम पश्चिमका स्थानीय तहले आफ्नो स्रोतलाई दीर्घकालीन आम्दानी हुने उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अभ्यास थालेका छन् । यसको दरिलो एउटा उदाहरण बनेको छ, स्यार्पु जलविद्युत् आयोजना ।  रुकुम पश्चिमका स्थानीय तहको संयुक्त […]

सम्पादकीय : अनुदानको भर कहिलेसम्म ?

कर्णालीका स्थानीय तहको बजेट हेर्दा लाग्छ यी कुनै सरकार होइनन् ! स्थानीय सरकारसँग अधिकार त छ, तर आफ्नै स्रोतबाट आम्दानी गर्ने क्षमता अत्यन्त कमजोर छ । कालीकोटको महाबै गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट यसको स्पष्ट उदाहरण हो । ३७ करोड ३८ लाख ३५ हजार रुपैयाँको बजेट बनाएको पालिकाको आन्तरिक आम्दानी जम्मा ६ लाख ५० हजार […]

कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने

दाङ ,१७ असोज । लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगका बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभएको छ । उहाँले कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले […]