निशुल्क माेतिया विन्दु आँखा शिविरबाट ६ सय ५० लाभान्वित

दुर्गा विसि
सल्यान ,२० असोज ।
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालित ३ दिने आँखा शिविरबाट ६ सय ५० आँखाका विरामिले सेवा लिएका छन् । माेतिया विन्दु भएका ६० जेष्ठ नागरिकले पुनः उज्यालो देख्न पाएका छन् ।शल्यक्रिया पश्चात् पुनः आँखाले सबै देख्न पाएकोमा खुसि जनाएका छन् ।निशुल्क माेतिया विन्दु छनौट तथा निशुल्क शल्यक्रिया शिविर सञ्चालनबाट सल्यान पश्चिमका नागरिक लाभान्वित भएकाे जनाएको छ नगरका सबै वडा र टाेलहरुबाट छनौट भएका जेष्ठ नागरिक तथा अन्यकाे शल्यक्रिया शिविर नगर अस्पताल देवस्थलमा ३ दिनसम्म सञ्चालन भएको थियोे ।शिविर समापन सत्रमा नगर प्रमुख कर्ण वहादुर वुढाथाेकिले स्थानीय सरकार जनतासँग छ भन्ने याे एउटा् ज्वलन्त उदाहरण हाे ।एक जना नागरिककाे सुर्खेत वा नेपालगञ्जमा आँखाकै मात्र उपचारका नाममा ५० हजार वढि रकम खर्च हुने गर्दछ। आर्थिक अवस्था,दुख झन्झट नहाेस भनेर पालिकामै नागरिककाे लागि आँखा शिविर सञ्चालन गरेको जनाएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाकाे आयोजना,नेपाल रेडक्रस साेसाइटी आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग,रुइत फाउन्डेसनको आर्थिक सहयोग र रेडक्रस उप शाखा देवस्थलकाे आपसी सहकार्यमा उक्त महत्त्वपूर्ण काम वर्षेनि हुदै आएको छ ।शिवर समापन सत्रमा रेडक्रस उपशाखा देवस्थलका सभापति पुष्कर विसि,वडा अध्यक्ष गणेश विसि,नगर प्रमुख वुढाथाेकि,आँखा शिविरमा खटिने विशेषज्ञ प्राविधिक डा. अमित कुमार यादव। (नेत्र सहायक )अंकित सुनार (आँखा उपचार केन्द्र देवस्थल)मनिश रामिझाल,दिनेश घर्ती मगर,पुष्कर पाण्डे,विजया भट्टराई,सूचना बम र
प्रेमबहादुर खत्री लगाएतको टिम सहभागि रहेको थियोे ।






