घुयँत्राे:सुर्खेत कांग्रेसको नयाँ सूत्र : चुनाव नहोस्, प्रतिनिधि चाहिँ होऊन् !

जाे मजा काँग्रेस हुनुमा छ त्याे मजा अन्त अर्थात रास्वपाकाे दुईतिहाई भित्रकै मन्त्री हुनुमानि छैन । सुरखेत काँग्रेसकाे जिल्ला अधिवेशन ४ गत्याट चल्या हाे ऐलेसम्म २ नं क्षेत्र काे महाधिवेशन प्रतिनिधि छनाैट चुनाब चल्या चल्यैछ। २ नं क्षेत्रका काेई नेता सुर्खेतमै बस्दाबस्दै विना चुनाब र विनाचयन नेताकाे आडाँ ” मलाई महाधिवेशन प्रतिनिधि बनाकाेमा क्षेत्रिय प्रतिनिधिलाई कृतज्ञता ” ज्ञापनगर्दैछन भने केही अँझै पनि मेराे सट्टा यल्लाई प्रतिनिधि बनाई दिनु पर्याे भनेर अनुनय विनय गर्या स्ट्याटस हाल्न बाध्य छन । खासमा गगन थापाकाे सुध्रया काँग्रेसकाे चालामाला किन यस्ताे भा हाे बिचरा साेझासाझा काँग्रेसीहरू बुझ्न नसकेर रनभूल्लमा छन । क्षेत्रिय प्रति निधि भएर जुङा मुसार्दै वीरेन्द्रनगराट बााबियाचाैर पुगेका केही क्षेत्रिय प्रतिनिधि हरुभने गाेडा दशेक दिन बाबिया चाैरमा बसेर करिब आधालाख रुपियाँ उडाउँदानि नेताले चुनाबै हुन नदेर भाेट हाल्न नपाउँदानि वास्तवमा अन्तिम परिणाम के आयाे त भन्नेनि नबुझेर रनभुल्लमा छन । १० दिनसम्म कार्यकरतालाई पेलेर आफ्ना मान्छेलाई मात्रै महाधिवेशन प्रतिनिधियाँ ल्याउँछु भनेर कम्मर कस्दानि बिचरा नेता सुर्खेताँ केई गरि मिलाउन नसकेछि गगनकै छत्रछायाँ बसेर लिस्ट बुझाउने कसरताँछन ।तर पनि कार्यकर्तालाई सन्त्याउनै गाह्राेभा जस्ता कुरा सामाजिक सन्जालाँ देख्न सुन्न पाईयाछ । याे सुध्रया काँग्रेस भन्यात गजबकाे पाे हुँदाे रैछ त ! भन्ने बेलाँ, लाेकतान्त्रिक, प्रजातान्त्रिक , राजतान्त्रि अर्थात भएजति सबै तान्त्रिक पाटिरे तर ताेकिया मितियाँ ताेकियजति क्षेत्रकाे चुनाब नगरेर आँफुलाई जेजे स्वाद लाग्छ त्त्यै त्यै चुनाब गरेर केन्द्रीय चुनाबाँ भनमकि महााधिवेशनाँ भाग लिन गएनि हुँदाे रैछ ! कार्यकर्ता नि कस्ता लम्पट हुन के आफ्नाे मन पर्या नेता भएछि त उल्ले जेजे गरेनि र जेजे भनेनि नाई नास्ति नहुने । हिजाेसम्म दुईटा गुठ देख्खिया सुर्खेताँ ऐले याैटा गुठभित्र ४ गुठ र अर्काे गुठभित्र ३ गुठ देख्खियछि सुर्खेत काँग्रेस सम्हालिन नसकेर भूईँभरि, बाटोभरि, नेता घरभरि ,जताततै छताछुल्ल पाे भाछन त ! अनि फेरि यिनै छताछुल्ल भाका काँग्रेसले ऐले दुई तिहाई ल्याएर सरकार चलाएर दुनियाँ काँधमाथि चढदै मनलाग्दि गर्दै हिँड्या रास्वपालाई स्थानीय चुनाबाँ तहलाईन्छ भन्या सुन्दा अचम्मै लाएर आउँछ । मिल्न र मिलाउन नसकेर आफ्नै घरभरि लथालिङ्ग र छताछुल्ल भा बेला दुई तिहाइ ल्याकालाई कसरी तह लाउने रैछन कुन्नि । यिनरकाे याे नाैटङ्कि हेर्दा त हिजाेसम्म काँग्रेसकाे गढ भन्या ठाउँ नि अर्का हाताँ जान्छ कि जस्ताे भै सक्याछ । आमचुनाउ र स्थानीय चुनाबाँ समेत दागा राखि राखि अन्तरघातमा उत्रिने गर्या काँग्रेसहरु हिजाेसम्त दुई गुठाँ अन्तर्घात गर्थे कल्ले कस्का विरुद्ध खेलखेल्याे भन्ने था हुन्थ्याे याे पटक त साताेटा गुठ भएछन अब याे बनी सक्या गुठ अब घटने भन्ने कुरा छैन त्यसैले कस्ले कस्कन विरुद्ध अन्तर्घात गर्याेभन्ने नि था नहुने भएछि त अन्तर्घात गर्ने लाई निस्फिक्रिनै हुने भाे । हिजाेसम्मकाे पुराना र रुढीबादी नेताले गुठबन्दि गरेर पाटि विगारे भन्थे क्यारे अब नयाँ आका युवाहरले झन २ गुठबाट ७ गुठ बनाएछन । पाटि कसरी सपार्ने हुन यसपटककाे जिल्ला अधिवेशनाँ छर्लङ्गै देखियाे । गाेडा दुई तिनदिन पछि अर्काे परिणाम आउला त्यल्ले नि देखाउला अनि आउने फागुनकाे चुनाबले त झन ऐनै लाएर हेर्न नपर्ने गरि देखाउने हाेला । ठिकैछ । यिनरका हाताँ पाटि रहुनजेल तिन्का चम्चालाई कसरी नचाउँदा रैछन नचाई रहुन । कुनै न कुनै दिन पाटियाँ राम्रोनेता जन्मलाननि त्यसपछि पाटि सुध्रेकाे हेर्ने पर्खाईमा छम् हामी । के त्याे दिन कैल्यै नआउला र याे पाटि भित्र ।

घुयँत्राे:सुर्खेत कांग्रेसको नयाँ सूत्र : चुनाव नहोस्, प्रतिनिधि चाहिँ होऊन् !

जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिए, पौडेलको

घुयँत्राे:सुर्खेत कांग्रेसको नयाँ सूत्र : चुनाव नहोस्, प्रतिनिधि चाहिँ होऊन् !

घुयँत्राे:सुर्खेत कांग्रेसको नयाँ सूत्र : चुनाव नहोस्,

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!