वर्षाले धानबालीमा क्षति

बाँके, २३ असोज । 

बुधबार परेको वर्षाका कारण बाँकेमा धानबालीमा ठूलो क्षति पुगेको छ । धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ ।  हावाहुरीसहितको वर्षाले पाकेको बीउ धानमा ठूलो क्षति पुर्‍याएको राप्ती सोनारीको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले बताए । उनका अनुसार किसानले १५० बिगाहमा रोपेको बीउ धानमा वर्षाले क्षति पुर्‍याएको छ । स्यहार्ने बेला वर्षाले क्षति पुर्‍याएपछि आगामी वर्षको लागि धानको बीउ अभाव हुने भएको छ । 

बीउ धान खेतीका लागि सहकारीले किसानलाई बीउ वितरण गर्दै आएको छ । किसानले बीउ धान उत्पादन गरेर सहकारीलाई बिक्री गर्ने गरेको व्यवस्थापक वलीले बताए । यो वर्ष पानी राम्रो परेका कारण धान राम्रो फले पनि स्यहार्ने बेला वर्षाले क्षति पुर्‍याएकोे उनको गुनासो छ । 

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले पाकेर थन्क्याउने बेलाको वर्षाले धानबालीमा ठूलोे क्षति पुर्‍याएको बताए । बाँकेका विभिन्न स्थानमा धानबालीमा वर्षाले क्षति पुगेकोे जानकारी आए पनि क्षतिको एकीन विवरण सङ्कलन भइनसकेको उनले जानकारी दिए । बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र का सूचना अधिकारी शर्माले बताए । 

वर्षाले धानबालीमा क्षति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट

वर्षाले धानबालीमा क्षति

कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!