खाँडाचक्रमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी बृहत् कार्यक्रम

हस्त चाैलागाईं
कालीकोट,२३ असोज ।

स्थानीय तहका सरोकारवालाबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा साझा बुझाइ विकास गर्ने उद्देश्यले कालीकोटको खाँडाचक्र नगरपालिकामा बृहत् कार्यक्रम सम्पन्न भएको छ।
खाँडाचक्र नगरपालिकाको आयोजना तथा युनिसेफको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित कार्यक्रम नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक गणेशबहादुर शाहीको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरू, शाखागत कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विपद् जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी, प्रतिकार्य तथा विपद्का बेला अपनाउनुपर्ने सावधानीका विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो।
कार्यक्रममा प्रशिक्षण दिँदै सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले विपद् व्यवस्थापनमा पूर्वतयारी र समयमै गरिने समन्वय महत्त्वपूर्ण हुने बताएका छन् । “विपद् आएपछि मात्रै सक्रिय हुनेभन्दा पनि विपद् आउनुअघि नै जोखिम पहिचान, पूर्वतयारी र आवश्यक समन्वय गर्न सके जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ आचार्यकाे भनाई रहेकाे छ ।”
त्यस्तै, नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक गणेशबहादुर शाहीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले स्थानीयस्तरमा सम्भावित जोखिम पहिचान गर्ने, नागरिकलाई सचेत बनाउने, आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गरेर विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
युनिसेफका सहजकर्ता भरत पाण्डेले पनि विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तह, समुदाय र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए । उनले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन समुदायको सहभागिता, जनचेतना अभिवृद्धि र जोखिममा रहेका नागरिकको सुरक्षालाई प्राथमिकता दिदै युनिसेफले महत्त्वपूर्ण कार्य गरिरहेकाे बताएका छन् ।
कार्यक्रमले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि गर्नुका साथै विपद् पूर्वतयारी र प्रतिकार्यमा सरोकारवाला निकायबीच समन्वय थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

खाँडाचक्रमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी बृहत् कार्यक्रम

खगेन्द्र सुनारलाई सांसद पदबाट निलम्बन गर्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!