घुयँत्राे:जेनजी सरकारको सात महिने उपलब्धि : बजारमा महँगीको रकेट, विज्ञप्तिमा मूल्यवृद्धि शून्य!

नेपाे बेबिहरकाे सरकार । भ्रष्टहरुकाे सरकार, बेथितिकाे सरकार ,असक्षम सरकार,भन्या जस्ता अनेकौं विभूषणले सत्ताेसराप गरेर पुराना दलकाे सरकारकाे खेदाे खनेर नथाकेका जेनजीहरु ऐले तिनरकाे सरकारछ । मूल्यबृध्दिले आकाश छाेईसक्याे नुनदेखि सुनसम्मका अर्थात मानिसले प्रयाेग गर्ने हरेक बस्तुमा सय देखि तीनसय प्रतिसतसम्म मूल्य बढ्याछ । दशैंकाे बेला मूल्यबृध्दि गर्न दिन्नम भन्नेदेखि दैनिक बजार अनुगमनका समाचार तिनै जेनजीका सन्जालमा भाईरल बनिराछन । तर मुल्य बृध्दि गर्ने तिनै ब्यापारीलाई कार्वाहि गरेकाे र मूल्य घटाएकाे समाचार कैल्यै आउन्न । तर उल्टै दुरसन्चारले दिने नेटकाे सेवामा समेत धानी नसक्नु मूल्य बृध्दि गरेर अनर्गल प्रचार गरिएको छ ।तर ,सरकार भने मूल्य बृध्दि भा छैन भन्ने प्रेस विज्ञप्ति भाईरल गर्न लाउँछ । अनि दुरसन्चार पुराना सम्पुर्ण प्याकेज हटाएर नयाँ प्याकेज जारी गर्छ । पुरानै प्याकेजकाे क्षमतामाले प्रसस्त पुग्ने वाईफाई चलाउने ग्राहक जवर्जस्ति नयाँ प्याकेज लिन बाध्य छन । जुन सामान्य जनताले त्याे प्याकेज प्रयाेग गर्न पनि सक्दैनन । र , उनिहरुलाई त्याे प्याकेज आबस्यक पनि छैन । जनताकाे क्रयशक्ति बढाउने कुनै पनि काम याे ७ मैनाँ सरकारले कहिँकतै गर्न सक्या छैन । खाली बजार मूल्य बृध्दि नगर्नु गरे कार्वाहि हुन्छ भन्ने उर्दि जारी गरेकाे गर्यैछ । यै सूचना गरेछि सरकारकाे जिम्मेवारी पूरा भएकाे सम्झने याे सरकारले आफ्नाे भान्छा र वरिपरि मुल्यबृध्दि भएकाे देखेकाे हाेला कि नाई जनताहरु दिक्क छन । ऐलेकाे बजारकाे मूल्यबृध्दिले ” जति जाेगी आएनि कानै चिरियका ” भन्ने उखानलाई ठ्याक्कै चरितार्थ गरेकाे आखिर जसरि हिजाेकने सरकार जनताप्रति जिम्मेवार थिएन र जिम्मेवार बनाउने सरकार ल्याउँछम् भनेर जेनजीकाे रुपभारण गरेर जसरि ऐलेकाे सरकारकाे नेतृत्व गर्नेहरु आए तर , याे नै सरकारले पनि जनताप्रतिकाे जिम्मेवारी सम्झेकाे कतै देखियन । जताततै हिजाेकाे जस्तै अस्थिरताछ । सरकारी कनर्यालय वा संघ संस्थामा काम गराईकाे ताैर तरिका र प्राेसेसहरु हिजाे जस्ता थिए आजपनि त्यस्तै छन । हिन्दु नेपाली मात्रकाे महान चाड दशैंकाे मुखैमा बजारकाे मूल्यबृध्दिले जनतालाई थला पारेकाेछ । चाडबाड भनेर जनतामा कुनै उत्साह र केटाकेटीमा कुनै उमङ्ग र खुशियालि छैन । हरेक नेपालीले दशैंमा राम्रो लाउने, मिठाे खाने ख्वाब पालेर बर्ष दिनदेखि कुरेर बसेकाे हुन्छ । तर,यै दशैंकाे मुखमा आएर व्यापारी हरुले मूल्यवृद्धि गरेर रातारात कमाउने अबसर खाेज्दा जनता देशमा सरकारै नभए जसरि मुल्यबृध्दि सहन बाध्य छन। सरकार भने याे अबस्थालाई राेक्नुकाे सट्टा टुलुटुलु हेरेर बसीरहेकाेछ । र , पनि सरकारका दाशहरु भने आँखा चिम्म गरी लम्पसार परेर सरकारकाे गुणगान मस्तछ भने सरकारकाे वाहवाहि नगर्नेहरुप्रति आक्रमक शैलिमा खनिएकाे खनियैछ । यहि अबस्था देशमा रै रह्याे भने केही महिना भित्रै मान्छेहरु दुई छाक खान नपाएर मर्ने अबस्थाँ पुग्नेछन भने समाजमा ऐले देखिएकाे अस्थिर अबस्था र सर्बसाधारण प्रति सरकारले सुरक्षा दिन नसकेर दैनिक समाजमा जसरि घटना घटि रहेका छन र सामान्य नागरिकले असुरक्षाकाे महसुस गरि रहेकाेछ । यसले जेनजी सरकारकाे असफलताकाे बाटाेबाहेक अरु केही काेरीरहेकाे छैन । सरकारकाे गिर्दाे साखलाई बचाउने हाे भने सरकार सचेत बनाेस र जनताकन आबस्यकताका काम गराेस । हैनभने जनताले याे सरकारलाई पनि तिनै पुराना दलकाे काेटिमा पुर्याउने छन । प्रधानमन्त्री ज्यु हेक्का रहाेस पुराना दललाई लखेटने जनताले नयाँलाई लखेटदैनन भन्ने के ग्यारेन्टी छ र ? चेतना भया !




