युवा नेतृत्व र उद्यमशीलताबाट समृद्ध वीरेन्द्रनगर निर्माणको संकल्प

सुर्खेत ,३०  असोज ।

गंगामाला देउती बज्यैको पवित्र भूमि तथा चार जात, छत्तीस वर्णको साझा फूलबारीका रूपमा परिचित वीरेन्द्रनगरमा सुशासन, समतामूलक विकास र आर्थिक समृद्धिको नयाँ मार्गचित्र कोर्ने उद्देश्यसहित ‘नगरपालिका क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गरिएको छ।

युवा पुस्ताको नेतृत्व विकास, उद्यमशीलताको प्रवर्द्धन र स्थानीय तहमा सकारात्मक परिवर्तनको अभियानलाई अघि बढाउने लक्ष्यसहित क्लबले इच्छुक व्यक्तिहरूलाई सहभागी हुन आह्वान गरेको छ।

‘परिवर्तन सम्भव छ’ भन्ने मूल भावनाका साथ अघि सारिएको यस अभियानले वीरेन्द्रनगरको समग्र विकासका लागि नयाँ सोच, नवीन दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको सन्देश दिएको छ। सुशासनलाई संस्थागत गर्दै सबै वर्ग, समुदाय र क्षेत्रलाई समेट्ने समतामूलक विकासको अवधारणालाई अभियानले प्राथमिकता दिएको छ।

युवा पुस्ताको सक्रिय सहभागितामार्फत स्थानीय विकासका नयाँ सम्भावना पहिचान गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने र आर्थिक समृद्धिको आधार निर्माण गर्ने अभियानको मुख्य उद्देश्य रहेको छ।

वीरेन्द्रनगरको पहिचान, सम्भावना र आवश्यकतालाई केन्द्रमा राखेर विकासको नयाँ मार्गचित्र तयार गर्न सामूहिक प्रयास आवश्यक रहेको सन्देशसमेत अभियानले दिएको छ।

‘आउनुहोस्, वीरेन्द्रनगरको नयाँ मार्गचित्र कोर्ने अभियानमा सँगै अघि बढौँ र परिवर्तनका लागि संकल्प गरौँ’ भन्ने आह्वानसहित अभियानले युवालाई नेतृत्व, विकास र समृद्धिको यात्रामा जोडिन आग्रह गरेको छ।

युवा पुस्ताको नेतृत्व, उद्यमशीलताबाट आर्थिक समृद्धि र सुशासनसहितको समतामूलक विकासलाई आधार बनाएर अघि बढाइएको यो पहलले वीरेन्द्रनगरको विकास बहसमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

युवा नेतृत्व र उद्यमशीलताबाट समृद्ध वीरेन्द्रनगर निर्माणको संकल्प

बालविवाह र लागुऔषध नियन्त्रणमा धार्मिक तथा सामुदायिक

युवा नेतृत्व र उद्यमशीलताबाट समृद्ध वीरेन्द्रनगर निर्माणको संकल्प

भाइको स्मृति दिवसमा गाउँपालिका अध्यक्ष शाहीले गरे

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!