घुयँत्राे:अरूलाई ऐन देखाउनेको आफ्नै घरमा रडाको, रास्वपालाई राजदूत र खगेन्द्रकै झट्का!

लाैखाउ ! याे रास्वपा भन्नेले नि के काम गर्छ ,गर्छ यार ! अपराधी भनेर मान्छे पक्राउ गरेर ल्याउँछ । अदातले छाेडदिन्छ । आफ्ना मान्छे राजदुत बनाउँछु भनेर लाग्छ ।ती मान्छे त अयाेग्य मात्रै हुँदारैछन संसदिय समितिले अयाेग्य घाेषित गर्दिन्छ । पुरानाले रिसईवि साँध्न अयाेग्य भनमभने सदनाँ दुईतिहाई छन त ! राजदुत छान्ने संसदिय समितियाँ नि सबै रास्वपाकै सांसद हाेलान ! अनि विपक्षिलाई दाेष लाउननि कसरी लाउनु । नियुक्ति गर्ने मान्छे छान्ननि कस्ता मान्छे छानेछन कुन्नि ? सारा संसारै आफ्नाे पक्षाँ हुँदानि त्याे माेराे राजदुत बनाउनि मान्छे नि गतिलाे छान्न नसक्ने भनेछि जेनजीकाे टिमभित्रका काे मान्छेले छान्याथे कसकाे सिफारिसाँ याे काम भाथ्याे ? भलै राजदुत बनाउने मान्छे, सल्लाकारले छान्या हुन कि बालेनले साउदि अरबका लागि सिफारिस भाका गिरिबहादुर सुनार र मलेसियाका लागि सिफारिस चुडामणि खरेललाई कल्ले छान्या हुन तर लाज त बालेनकै हुने भाे निहैन र ? यता राजदुत छानविन संसदिय समितिले सरकारलाई चुनाैति दिरा बेलाँ फेरि काँ पुलिसकाे हाकिमकाे खेदाे खन्दै हिन्या माननीय खगेन्द्र सुनारकाे महिला हिंसा सम्बन्धी काण्ड सामाजिक सन्जालाँ छताछुल्ल भएछि बिचरा रास्वपा पाटिलाई नि याे घटना सम्हालि नसक्नु भा छ । आफ्ना माननीयकाे घटना नसम्हालम् भनेनि पाटिकाे बदना हुने , सम्हालम् भनेनि खगेन्द्र पाटिका लागि साह्रै घाँडाे भाछन। कसरी सेफलेण्डिङ गर्ने हाे बिचरा र रास्वपा सभापति बल्ल बल्ल प्रेस विज्ञप्ति जारी गरेर माननीयलाई निलम्बन गरेर छानबिन गर्ने भनेर कमिटि त गठन गरेर काम शुरु गर्न मात्रै के लाग्याथे फेरि आफ्नै ( रास्वपाका ) महिला सांसदहरु खगेन्द्र सुनारलाई बर्खास्त गरि पाउँ यल्ले महिलामाथि महिला हिंसा गर्याे । आज अरु महिलामाथि महिला हिंसा गर्या काण्ड बाहिर आयाे भने भाेलि आफ्नै सहकर्मी सांसदमाथि यस्ताे घटना घटाउन्नन भन्ने के ग्यारेन्टी छ ? त्यसैले खगेन्द्र सुनारमाथि कारवाहि गरि पाउँ भनेर फेरि गाेडातिनबिशेक भन्दा बढि रास्वपा महिला सांसदहरुले विज्ञप्ति जारी गरेछि फेरि त्याे महिलाहरकाे विज्ञप्ति नि भाईरल भै राछ ! हेरम याे खगेन्द्र काण्डले नि खगेन्द्र लाईमात्रै डुबाउने हाे कि सिंगै रास्वपा पाटि र दुई तिहाइकाे सरकारसमेतलाईनि डुबाउने हाे प्रतीक्षा त गर्नै पर्ने हाेला । किनभने बाँके ३ नंका जनता यति कडा रैछन कि रास्वपाका नेता खगेन्द्र सुनारजस्ताे पटटटटट मकैका
फुला पडक्याझैँ पडकेर भाषण र टेबुलटककाे लागि जिउँदा नेतालाई आफ्नाे प्रतिनिधि बनाउन पाएछि आफ्नाे चुनाब क्षेत्राँ विकासनि त्यस्तै माननीयकाे बाेलि बगेझैँ बगेछि अब त्याँका जनतानि काेई दुखि गरिब नहुने भए । सबै लाउने खाने र समृद्ध हुने भएछि अरु के चाईयाे र ? खगेन्द्र सुनार जस्तै २/४ वटा यसरिनै खबरदारी गरेर भष्टाचारीकाे साताे लिने खालका माननीय भए त देशले काँचुलिनै फेर्थ्याे हाेला ? तर क्यार्नु भित्रभित्रै आँफुले लुड्याँउने अनि बाहिर बाहिर चाईँ ईमानदार र स्वाभिमानी देखाउने र देखाउन सक्ने बेलासम्म त ठिकै हाे । तर अरुका विरुद्ध धेरै खेदाे खन्नेले आफ्नानि कैलेकाईँका गल्तीलाई लेर अरुनि आफ्ना विरुद्ध खनिन थाले भने चाईँ अल्लि गाह्राे हुँदाे रैछ है । जुन हालत ऐले खगेन्द्र सुनारकाे भैराछ । हुनत खगेन्द्रकाे माननीय पद पाटिले लगेनि हिजका दिनाँ उनका हाताँ भाकाे जन्जिर कसैले लुटन सक्ने छैन । जन्जिर बाँधेर माईति घराँ बसेभने नि जिन्दगी गुजार्न के गाह्राे भाे र ? माननीय भएनि काम त्यै खाने नै हाे । जन्जिर बाँधेर माईति घराँ रमिता गरेर खाएनि खान्यै हाे हैन र ? ऐले जेनजीका विरुद्ध काे बाेल्न सक्छ र ? उनरले त जे गरेनि भाईरल ।





