कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाईदेखि छोरासम्मलाई नियुक्ति

शेरबहादुर थापा/न्यूज कारखाना

सुर्खेत, २९ असोज ।

कर्णाली प्रदेश सभामा रहेका २९ जना सभामुखसहित सांसदहरुले स्वकीय नियुक्तिमा केहि बाहेक अधिकांशले आफन्तलाई भर्ती गरेका छन् । तीन जनाले भने हालसम्म स्वकीय नियुक्ति गरेका छैन

तत्कालिन जेनजी विद्रोहबाट गठन भएको सुशिला कार्की नेतृत्वको सरकारले एक परिपत्र जारी गर्दै सांसदहरुको स्वकीय सुविधा खारेज गरेसँगै कर्णाली प्रदेश सभाले पनि ती सबै सांसदहरुको स्वकीय सुविधा खारेज गरेको थियो ।

झण्डै एक वर्ष पछि कर्णाली प्रदेश सरकारले निर्णय गर्दै सुब्बा सरहको स्वकीय सुविधा प्रदेश सभामा रहेका सभामुखसहितका सांसदहरुलाई उपलब्ध गराउने निर्णय गरेको थियो । पूर्व भौतिक पूर्वाधार एवम शहरी विकास राज्यमन्त्री गमता विकले आफ्‌नै ज्वाईलाई पुनः स्वकीयमा नियुक्ति दिएकी छिन् । उनका ज्वाईको नाम दानबहादुर विक हो ।

पूर्व आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसिले आफ्‌नै श्रीमती निर्मला केसिलाई नियुक्ति दिँदा पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले सजना शर्मालाई नियुक्ति दिलाएका छन् । त्यस्तै, नेपाली काँग्रेसका प्रमूख सचेतक हिक्मतबहादुर विष्टले आफ्‌नै छोरा अशोक विष्टलाई नियुक्ति दिलाएका छन् भने पूर्व आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रकाश वावु सिंहलाई नियुक्ति थमाएका हुन ।

पूर्व मन्त्री उर्मिला विश्वकर्माले मनिता विश्वकर्मालाई नियुक्ति दिदाँ इन्द्रा कुमारी शाहीले दिपेन्द्र शाहीलाई नियुक्ति दिईन । पूर्व मन्त्री दुर्गबहादुर रावतले जीवन रावतलाई स्वकीय सचिवमा नियुक्त गर्दा कदेवेन्द्र बहादुर शाहीले वर्णध्वज शाहीलाई नियुक्ति दिलाए । दक्षिणा शाहीले भुवन शाही, पूर्णबहादुर खत्रीले राजन केसीलाई नियुक्ति दिँदा वीरबहादुर शाहीले जित बम ठकुरीलाई नियुक्ति दिए । पूर्व मन्त्री विनोद कुमार शाहले सुमित्रा शाहीलाई नियुक्ति दिदाँ पूर्व मन्त्री सुरेश अधिकारीले मोहन शर्मालाई छाने ।

त्यस्तै, राप्रपा सांसद सन्तोषी शाहीले सुजिता सिंहलाई रोज्दा राजीव विक्रम शाहले ललित बस्नेतलाई स्वकीय बनाएका छन् । काँग्रेस सांसद लक्ष्मी सुनारले धनसरा राना, पूर्व मन्त्री विजया बुढाले नवराज भण्डारी, शेरबहादुर बुढाले पदम बुढा, पूर्व मन्त्री विन्दमान विष्टले पदम बहादुर गुरुङलाई नियुक्त गरे । पूर्व मन्त्री खड्क बहादुर पोखरेलले संजय पोखरेललाई नियुक्ति दिएका छन् ।

पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले राजबहादुर रोकायालाई नै निरन्तरता दिए भने पूर्व मुख्यमन्त्री यामलाल कँडेलले यसकुमार चपाईलाई नै निरन्तरता दिएका छन् । जानकी सिंहले तेजबहादुर विसिलाई छान्दा पूर्व मन्त्री कृष्ण कुमार विसिले महेन्द्र सापकोटालाई नियुक्ति दिए । पूर्व मन्त्री घनश्याम भण्डारीले खगेन्द्र बहादुर खड्का, सभामुख नन्दा गुरुङले गंगाराम तिमिल्सेनालाई नियुक्ति दिए । प्रदेश सभामा पूर्व मुख्यमन्त्री राजकुमार शर्माको पद रिक्त भइसकेको छ । यद्यपी उनले कृष्णबहादुर रोकायालाई नै नियुक्ति दिएका थिए ।

कर्णाली प्रदेश सभाका उपसभामुख यशोधा न्यौपाने, पूर्व मन्त्री कृष्णबहादुर जिसी र सांसद बलिमाया बुढाले भने स्वकीय सचिव नियुक्त नगरेको प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए । ‘कर्णाली प्रदेश सरकारले प्रदेश सभालाई स्वकीय नियुक्ति दिन भनेर पत्र पठाएको थियो । सोही आधारमा हामीले स्वकीय नियुक्ति गर्न सांसदहरुलाई खबर गरेका थियौँ’ उनले भने, ‘तीन जना सांसद ज्यूले हालसम्म नियुक्ति गर्नु भएको छैन । उहाँहरुले पनि नियुक्ति गर्नुहुन्छ होला ।’

 

 

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाईदेखि छोरासम्मलाई नियुक्ति

कर्णालीका मन्त्रीको सम्पत्ति : कोही करोडपति, कोही

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाईदेखि छोरासम्मलाई नियुक्ति

जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!