२०८३ कार्तिक १२ गते
×

Now Playing

कर्णालीका ८ पालिका अझै सडक सञ्जालबाहिर, दुर्गमको सास्ती उस्तै

सुर्खेत, ९ कार्तिक ।  कर्णालीका ७९ स्थानीय तहमध्ये आठवटाका केन्द्र अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छैनन् । डोल्पाका चार, कालीकोटका तीन र मुगुको एक पालिकाका बासिन्दा सडक पहुँचको प्रतीक्षामा छन् । प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज्यको प्राथमिकतामाथि प्रश्न उठाएको छ । […]

जाजरकोट–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

जाजरकोट, ९ कार्तिक ।  जाजरकोटको सदरमुकाम खलंगाबाट काठमाडौंसम्म पहिलोपटक अत्याधुनिक सुविधासहितको रात्रिबस सेवा सञ्चालनमा आएको छ । लामो दूरीको यात्रालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले सुरु गरिएको सेवाले राजधानी आवतजावत गर्ने यात्रुलाई नयाँ विकल्प दिएको छ । जाजरकोट डोल्पा यातायात सेवा प्रालि, मध्यपश्चिम यातायात सेवा प्रालि र सुर्खेत काँक्रेविहार यातायात सेवा प्रालिको संयुक्त पहलमा […]

मार्सी भित्र्याउन चटारो : जुम्लामा मार्सी उत्पादन १६ प्रतिशत बढ्ने

जुम्ला, ९ कार्तिक । जुम्लाका किसानलाई दशैँ सकिए लगत्तै मार्सी धान भित्र्याउन भ्याइनभ्याइ छ । बिहानै खेतमा पुग्ने किसान साँझ अबेरसम्म धान काट्ने र घर भित्र्याउने काममा व्यस्त छन् । रोगकिराको संक्रमणले उत्पादनमा चुनौती थपिए पनि जुम्ली किसानले पुस्तौँदेखि खेती गर्दै आएको मार्सी धान रोप्न छाडेका छैनन् ।  जुम्लाको पहिचान, संस्कृति र किसानको आम्दानीसँग जोडिएको […]

सुर्खेतमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या उच्च

सुर्खेत, ९ कार्तिक ।  कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना र मृत्यु हुनेको संख्या सुर्खेतमा भएको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आर्थिक वर्ष २०८२/०८३ को अभिलेखमा सवारी दुर्घटनाबाट सुर्खेतमा २४ पुरुष, नौ महिला र चार बालक गरी ३७ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । रुकुमपश्चिममा १२ पुरुष, चार महिला, […]

जुम्लाबाट आधा अर्बको स्याउ निर्यात 

ओम शाही  सुर्खेत, ९ कार्तिक ।  जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करिब सात हजार ३३० मेट्रिकटन बाहिरी जिल्लामा गएको छ । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जिल्लामा करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन भई ५५ करोड रुपैयाँ बराबरको कारोबार […]

सीमान्तका आवाजलाई केन्द्रमा ल्याउँदै जुम्लामा साहित्य सम्मेलन

गाेल्डेन बुढा जुम्ला,८कार्तिक  सीमान्तकृत भूगोल, समुदाय, भाषा र संस्कृतिका आवाजलाई राष्ट्रिय साहित्यिक तथा बौद्धिक विमर्शको केन्द्रमा ल्याउने उद्देश्यले जुम्लामा सोमबार ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना हुने भएको छ।कुटिरो रिसर्च प्रालिको आयोजनामा होटल कान्जिरोवामा बिहान १० बजे सुरु हुने सम्मेलनको मूल अवधारणा ‘किनारादेखि केन्द्रसम्मको वैचारिकी’ रहेको छ। आयोजकका अनुसार सम्मेलनले कर्णालीलगायत देशका विभिन्न सीमान्तकृत क्षेत्रका साहित्य, कला, […]

राप्तीसोनारीमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

बाँके ,७ कार्तिक । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्वपश्चिम राजमार्गमा दुईवटा कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाही रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका शाहीलाई उपचारका क्रममा १०ः८ बजे चिकित्सकले मृत […]

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सुर्खेत ,५ कार्तिक । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ […]

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया ,४ कार्तिक । बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस बर्ष दसैँको खुसी आएन । भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि […]

बाँकेमा धार्मिक सद्भावको उदाहरण : मुस्लिम समुदायका युवाले लगाए दसैँको टीका र जमरा

बाँके ,४ कार्तिक । धार्मिक सद्भाव र सामाजिक एकताको सहरका रूपमा परिचित बाँकेमा बडा दसैँका अवसरमा मुस्लिम समुदायका युवाले हिन्दु समुदायका मान्यजनबाट टीका तथा जमरा लगाएर दसैँ मनाएका छन् । मुस्लिम समुदायका युवाले दसैँको टीका ग्रहण गर्दै आपसी प्रेम, सम्मान र सद्भावको सन्देश दिएका हुन् । बाँकेमा हिन्दु समुदायका चाडपर्वमा मुस्लिम समुदाय सहभागी हुने र […]

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश– भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौँ

काठमाडौं ,४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र साहले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री साहले यस पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिने उल्लेख गरेका छन् । पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले […]

चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई मजबुत बनाउँछ : सभामुख

काठमाडौं ,४ कार्तिक । सभामुख डोलप्रसाद (डीपी) अर्यालले दशैंजस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत गर्ने बताएका छन् । नेपालीहरुको महान् चाड बडादशैंका अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन र सशक्त बनाई विविधताबीचको सौहार्द एकतालाई मूर्त रुप प्रदान गर्न माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् […]

आज बडादशैंको मुख्य दिन, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं,४ कार्तिक । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले […]