कोहलपुरमा स्रष्टा सम्मान र ‘धरहराको बकपत्र’ विमोचन

बाँके ,२५ असोज ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा बद्रीविक्रम पूर्णिमा साहित्य पुरस्कारबाट चार जना स्रष्टालाई सम्मान गरिएको छ । सोही अवसरमा संस्थाका अध्यक्ष डा. पुष्कर रिजालको कविता सङ्ग्रह धरहराको बकपत्र विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोपालप्रसाद अधिकारी र संस्थाका अध्यक्ष रिजालले दोसल्ला, माला सम्मान पत्र र नगद पुरस्कारबाट स्रष्टाहरूको सम्मान गरेका थिए । कर्मयोगी बद्री विक्रम थापाको सम्मानमा उहाँका सुपुत्र किरण थापाले पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले अर्पण गर्ने गरी सो पुरस्कार स्थापना गरेका थिए । पूर्णिमाले हरेक वर्ष दुई स्रष्टालाई प्रदान गर्ने सो सम्मान तथा पुरस्कारमध्ये वि. सं. २०८२ को वद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार नेपालगन्जका उर्दू साहित्यकार मुस्तफ़ा अहसन क़ुरैशीलाई र २०८३ को सोही पुरस्कार प्युठानमा जन्मिएका बालसाहित्यकार, बाल साहित्य समाजका केन्द्रीय अध्यक्ष विजयराज आचार्यलाई प्रदान गरियो । यसैगरी वद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८२ कैलालीका कवि तथा सञ्चारकर्मी पुष्पराज जोशीलाई र २०८३ को सोही पुरस्कार बर्दियाकी कवि निरन्जना चन्द निरूलाई अर्पण गरियो । पुरस्कारको राशी जनही बीस हजार रहेको छ ।
सोही अवसरमा संस्थाकाका अध्यक्ष डा. पुष्कर रिजालको कविता कृतिको विमोचन प्रमुख अतिका प्रा.डा. अधिकारीका साथमा साहित्यकार नरेन्द्रजङ्ग पिटर, वागेश्वर बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, प्रलेसका सचिव डा. हरि तिमिल्सिना, कवि डा. रिजाल र उहाँकी धर्मपत्नी कमला अधिकारी लगायतले संयुक्त रूपमा गरेका थिए । विमोचित कृतिमा पूर्वीय काव्यशास्त्रका मूल्य मान्यता र पाश्चात्य उत्कृष्ट कवितासँग तुलनीय विशेषता रहेको भन्दै प्रमुख अतिथि अधिकारीले रिजालका कविता सबैका कविता भएको बताए । प्रा.डा. अधिकारीले ‘भने रिजालका कविताले बालक, युवा र प्रौढ सबै उमेर समूहका संवेदनालाई टिपेका छन् । मानवतावादी चिन्तन, नेपाली जनजीवनका यथार्थ चित्र, ध्वनिगत सबलता, गहनता रिजालजीका कविताको बलियो पक्ष हो ।’ कृतिमाथि समीक्षा गर्दै पूर्व जिल्ला शिक्षा अधिकारी साहित्यचिन्तक निलकण्ठ रेग्मीले मातृवन्दनाबाट सुरु गरी जन्मभूमिप्रतिको श्रद्धामा टुङ्गिएको बताए ।रेग्मीले पूर्वीय कविता सिद्धान्तका कसीमा डा. रिजालका कृतिभित्रका ८८ वटा कविता उत्तम काव्यको कोटिमा पर्ने बताए । समीक्षक डा. हरिप्रसाद तिमिल्सिना र डा. खोपीराम वली क्षेत्रीले कविताको संरचना, भावभूमि, शीर्षकीकरण, ध्वनिचेतना, समसामयिकता, बिम्बविधान, मिथक, इतिहास र संस्कृति चेतनाका हिसाबले सुन्दर रहेको बताए । उक्त कार्यक्रममा साहित्यकार नरेन्द्रजङ पिटर, महानन्द ढकाल, ईश्वरी प्रसाद रिजाल, तथा सम्मानित स्रष्टा मुस्तफ़ा अहसन क़ुरैशी, पुष्पराज जोशी, निरन्जना चन्द लगायतले शुभकामना मन्तव्य दिएका थिए । साहित्यकार सागर गैरेले पुरस्कार र स्रष्टाको परिचय दिए भने पूर्णिमाका पूर्व अध्यक्ष कपिल
अन्जानले पूर्णिमाका गतिविधिबारे जानकारी दिए ।कार्यक्रममा बाँके, बर्दिया, कैलाली, दाङ, सुर्खेत, दैलेख, जुम्ला क्षेत्रका १०० बढी साहित्यकार, प्राध्यापक, शिक्षक तथा सञ्चरकर्मीको उपस्थिति थियो । संस्थाका अध्यक्ष डा. पुष्कर रिजालको अध्यक्षतामा सहसचिव प्रकाश मरासिनीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम सचिव केशव निमेषले सञ्चालन गरेका थिए ।

कोहलपुरमा स्रष्टा सम्मान र ‘धरहराको बकपत्र’ विमोचन

नेपालगञ्ज नाकाबाट निर्यात ९.५८ प्रतिशतले वृद्धि, जडीबुटी

कोहलपुरमा स्रष्टा सम्मान र ‘धरहराको बकपत्र’ विमोचन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!