२०८३ मंसिर १० गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

नवलपुरमा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

नवलपुर ,१० मंसिर ।
नवलपुरको मध्यविन्दु–१० अरुण खोलामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
कावासोती–१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी अरुण खोलाका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाका अनुसार मृत्यु हुनेमा विनयी त्रिवेणी ४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेका छन् ।
घाइतेहरूमध्ये ९ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ भने २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको नामा खुलेको छैन ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

नवलपुरमा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

इजिप्टमा तेल ट्यांकरमा भीषण आगलागी हुँदा ३१

नवलपुरमा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

नवलपुरमा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!