२०८३ मंसिर १० गते
वीरेन्द्रनगर, सुर्खेत 12°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

बर्दियामा तीन हजारभन्दा बढी मतदाता थपिए  कुल संख्या ३ लाख २६ हजार नाघ्यो

बर्दिया, ९ मंसिर ।

बर्दियामा पछिल्लो मतदाता नामावली अद्यावधिकका क्रममा तीन हजार २८३ जना मतदाता थपिएका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०८२ को तुलनामा जिल्लामा मतदाताको संख्या बढेको हो ।

जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुसार हाल जिल्लामा पुरुष एक लाख ६१ हजार ६१, महिला एक लाख ६५ हजार ४८२ र अन्य छ जना गरी कुल तीन लाख २६ हजार ५४९ जना मतदाता रहेका छन् ।

यसअघि प्रतिनिधिसभा निर्वाचन २०८२ मा बर्दियामा पुरुष एक लाख ५९ हजार ३८७, महिला एक लाख ६३ हजार ८७३ र अन्य छ जना गरी कुल तीन लाख २३ हजार २६६ जना मतदाता रहेका थिए । अघिल्लो निर्वाचनको तुलनामा यस पटक जिल्लामा तीन हजार २८३ जना मतदाता थपिएका हुन् ।

त्यसैबीच, बर्दियामा एक हजार ९६७ जना मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मृत्यु भएका एक हजार ५३ जना, दोहोरो नाम दर्ता भएका ९११ जना र नेपाली नागरिकता त्याग गरेका तीन जनाको नाम मतदाता नामावलीबाट हटाइएको हो ।

जिल्ला निर्वाचन कार्यालय बर्दियाका निमित्त निर्वाचन अधिकारी अनुप ढकालले नामावली अद्यावधिकका क्रममा ६४८ जना मतदाताको ठाउँसारी गर्नुका साथै विवरणमा रहेका त्रुटिसमेत सच्याइएको जानकारी दिए ।

उनका अनुसार निर्वाचन आयोगले असोज मसान्तसम्मको मतदाता नामावली विवरण प्रकाशन गरेको हो । आगामी निर्वाचनको मिति घोषणा भएमा मतदाताको संख्या अझै केही बढ्न सक्ने उनले बताए ।

निर्वाचन घोषणा हुने समाचार सार्वजनिक भएसँगै मतदाता नामावलीमा नाम दर्ता गराउने नागरिकको चासो र सक्रियता बढ्न थालेको निमित्त निर्वाचन अधिकारी ढकालले जानकारी दिए । मतदाता नामावली अद्यावधिकसँगै नयाँ मतदाता थपिने, मृत्यु भएका तथा दोहोरो नाम भएका मतदाताको विवरण हटाइने र ठाउँसारी तथा अन्य त्रुटि सच्याउने प्रक्रियाले निर्वाचनका लागि मतदाता विवरणलाई थप व्यवस्थित र अद्यावधिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बर्दियामा तीन हजारभन्दा बढी मतदाता थपिए   कुल संख्या ३ लाख २६ हजार नाघ्यो

पौडीमा बने चार राष्ट्रिय कीर्तिमान

बर्दियामा तीन हजारभन्दा बढी मतदाता थपिए   कुल संख्या ३ लाख २६ हजार नाघ्यो

बर्दियामा तीन हजारभन्दा बढी मतदाता थपिए  कुल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!