देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते

काठमाडौँ, २६ असोज ।

देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न प्रकृतिका ३१ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । ती घटनाबाट ११ वटा चौपायासमेत क्षति भएको छ भने करिब रु २३ लाख १८ हजार ४०० बराबरको आर्थिक क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज २३ गते बिहान १०ः०० बजेदेखि असोज २४ गतेसम्म देशका विभिन्न २९ स्थानमा विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्का घटनापश्चात् उद्धारका लागि १२० जना प्रहरी परिचालन भएका छन् ।

विभिन्न स्थानमा भएका विपद्का घटनामा घाइते भएकाहरूको सम्बन्धित क्षेत्रका अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक विवरणअनुसार ती घटनाबाट मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक सम्पत्तिमा समेत नोक्सानी पुगेको छ ।

पछिल्लो समय मौसममा भइरहेको परिवर्तनका कारण विभिन्न स्थानमा विपद्का घटना हुनसक्ने जोखिम रहेकाले प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जानसमेत प्राधिकरणले अनुरोध गरेको छ ।

देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते

देशभर ३१ वटा विपद्का घटनामा एक जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!