सुर्खेत ,११ मंसिर ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुलकन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले प्रतियोगिताको उद्घाटन हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री मल्लले खेललाई सभ्य र भव्य बनाइनुपर्ने बताए । ‘दसौँ राष्ट्रिय खेलकुद हाम्रो महाकुम्भ हो,’ उनले भने, ‘सबै मिलेर यसलाई सभ्य र भव्य बनाउनुपर्छ ।’ कर्भडहलमा भइरहेको प्रतियोगितामा १० टोलीका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।


