२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 18°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

शारीरिक सुगठन प्रतियोगिता सुरु

चौरजहारी ,११ मंसिर ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुक्रबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री मिलन खड्काले उद्घाटन गर्नुभयो । चौरजहारी नगरपालिका–२ स्थित कभर्डहलमा प्रतियोगिता सञ्चालन भइरेको छ । प्रतियोगितामा १०४ जना महिला तथा पुरुष खेलाडीको सहभागिता छ। प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री खड्काले कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। यो प्रतियोगिताले कर्णालीको खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । मन्त्री खड्काले प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशबाट आएका खेलाडी, प्रशिक्षक तथा टोलीलाई शुभकामना व्यक्त गर्दै खेलकुदलाई राष्ट्रको पहिचान, प्रतिष्ठा र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।
उहाँले आफ्नो मन्त्रालय कर्णालीमा खेलकुदमैत्री पूर्वाधार विकास तथा यातायातको पहुँच विस्तारका लागि क्रियाशील रहेको उहाँको भनाइ छ । यो प्रतियोगितामा अहिले खेल जारी छन् ।

शारीरिक सुगठन प्रतियोगिता सुरु

ओलम्पिक टर्च बालेर सुरुभयो १० ओैँ राष्ट्रिय

शारीरिक सुगठन प्रतियोगिता सुरु

दशौं राष्ट्रिय खेलकुदलाई सभ्य बनाउन वीरेन्द्रनगरको अपिल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!