२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 19°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

ओलम्पिक टर्च बालेर सुरुभयो १० ओैँ राष्ट्रिय खेलकुदको ट्रफी टुर

सुर्खेत ,११ मंसिर ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको छ । दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर शुक्रबार ट्रफी टुरको शुभारम्भ गरिएको हो । ट्रफी टुरलाई मुख्य खेलस्थल वीरेन्द्रनगरबाट कर्णालीका सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव रविन्द्र चन्दले बिदाइ गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको टर्च तथा ट्रफी टुरले प्रतियोगिताको माहोल सिर्जना गर्नुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ । श्रीस्थानको प्राकृतिक ज्वालाबाट प्रज्वलित टर्च कर्णालीको खेलकुद यात्राको प्रतिकका रूपमा अघि बढाइएको हो । श्रीस्थानको ज्वालाबाट बालिएको ओलम्पिक टर्च कर्णाली खेलकुद परिषद्का सदस्यसचिव रविन्द्र चन्दले म्याराथन धावक हरिबहादुर रोकायालाई हस्तान्तरण गरेका थिए । रोकायाले टर्च ग्रहण गरेसँगै दैलेखबाट ट्रफी टुरको औपचारिक यात्रा सुरु भएको हो ।
टर्च तथा ट्रफी टुर दैलेखबाट कालिकोट हुँदै जुम्ला पुर्‍याइने कार्यक्रम छ । टुरमा ओलम्पियन दीपक विष्ट, साग गेमका डबल गोल्ड मेडलिष्ट दिपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाय, ओलम्पिएन देबु थापा, करातेका मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीको सहभागिता छ । साथै, जुम्लामा नेपाली चर्चित अल्ट्रा धाविका सुनमाया बुढा पनि टोलीसँगै सामेल हुनेछिन् । कालीकोट र जुम्लामा ट्रफी र टर्चलाई नगर परिक्रमा गराइने कार्यक्रम छ ।
ट्रफी टुर समापन पश्चात् १५ मंसिरमा कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले एक भव्य समारोहका बीच टुर टोलीको स्वागत तथा धञट्रफी अनावरण गर्नेछन् । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ गतेदेखि कर्णाली प्रदेशमा औपचारिक रूपमा सुरु हुँदैछ । यद्यपि, प्रतियोगिता अन्तर्गतका ३२ खेलमध्ये १० खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । लामो समयदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रतीक्षामा रहेको कर्णालीमा प्रतियोगिताको तयारीसँगै खेलकुद गतिविधि पनि बढ्दै गएको छ ।

ओलम्पिक टर्च बालेर सुरुभयो १० ओैँ राष्ट्रिय खेलकुदको ट्रफी टुर

पुरुष क्रिकेटमा विभागीय टोलीका प्रभाव

ओलम्पिक टर्च बालेर सुरुभयो १० ओैँ राष्ट्रिय खेलकुदको ट्रफी टुर

ओलम्पिक टर्च बालेर सुरुभयो १० ओैँ राष्ट्रिय

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!