प्रदेश योजना आयोगका  उपाध्यक्षले लिए शपथ

सुर्खेत, २६ असोज ।

कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार मुख्यमन्त्री मंगलबहादुर शाहीले खत्रीलाई शपथ गराएका हुन् । जुम्लाको तातोपानी गाउँपालिका निवासी खत्री कृषि विज्ञ हुन् । शुक्रबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले उनलाई योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई उपाध्यक्षमा नियुक्त गरेका थिए । प्रदेशको नीति तथा योजना निर्माणमा भूमिका खेल्ने योजना आयोग साउनयता रिक्त थियो । गत १२ साउनमा नेकपा एमाले नेतृत्वको सरकार परिवर्तन भएपछि आयोगको उपाध्यक्ष पद रिक्त बनेको थियो ।

प्रदेश योजना आयोगका   उपाध्यक्षले लिए शपथ

तीन सय विद्यार्थीलाई ‘स्वेटर’ प्रदान

प्रदेश योजना आयोगका   उपाध्यक्षले लिए शपथ

तीन महिनापछि सुदूरपश्चिम  सरकारले ल्यायो ३७ अर्बको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!