दङ्गाली कम्युनिस्ट आन्दोलनका धरोहर शोभाराम बस्नेतप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली अर्पण

तुलसीपुर,११ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा दंगाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता शोभाराम बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । तुलसीपुरस्थित नेकपा एमाले पार्टी कार्यालयमा पुगेर मुख्यमन्त्री आचार्यले बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले बस्नेतले […]

घुयँत्राे :”प्रदेशमा सरकार, चाबीचाहिँ काठमाडौंमै!”

राजनीतिमा त समस्या उठेछि त्यसकाे समाधान खाेज्ने हाे अनि समाधान दिने हाे । तर हाम्रा देशका नेता त समाधानकाे सट्टा झन समस्या पाे पैदा गर्छन त हँ ?! जब सातै प्रदेशका सरकार भत्किए तब ती प्रदेशाँ वलि र प्रचण्डले मिलाेमताेमा याैटा सम्झाैता लेखेर त्यसमा गरिएका दुई हस्ताक्षरले प्रदेश सांसदाँ अनावश्यक दवाब पुग्दा विचरा उनिहरु केन्द्रकाे […]

मृत्युसँग जुधेको जुम्ला, अब डाक्टर उत्पादन गर्दै

गाेल्डेन बुढा जुम्ला,११ साउन । एक समय थियो, कर्णालीमा बिरामी हुनु आफैंमा मृत्युको जोखिम निम्त्याउनु जस्तै थियो। राति सुत्दा सर्पले टोकेको बिरामी बिहान अस्पताल पुग्ने निश्चितता हुँदैनथ्यो। प्रसूति व्यथा लागेकी महिलालाई डोकोमा बोकेर घण्टौं उकालो–ओरालो हिँडाउनुपर्थ्यो। सामान्य शल्यक्रिया त परको कुरा, ज्वरो, निमोनिया वा दुर्घटनाका बिरामीसमेत जिल्ला अस्पतालबाट सुर्खेत वा नेपालगञ्ज रेफर हुन्थे। उपचारभन्दा पहिले […]

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

सुदूरपश्चिम,११ साउन । आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि चौधरी घाइते हुनुभएको थियो । उहाँको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना गरेका […]

मुगु अदालतमा ७८ प्रतिशत मुद्दा फर्स्योट

मुगु, ११ साउन । मुगु जिल्ला अदालतमा  गएको आर्थिक वर्ष २०८२।०८३ मा अठहत्तर प्रतिशत मुद्दा फर्स्योट भएका छन् । जिम्मेवारी सरेर आएका र आर्थिक वर्ष ०८१/०८२ मा दर्ता भएका गरी असार महिना सम्म अठहत्तर  प्रतिशत मुद्दा फर्स्योट भएका हुन् । मुगु जिल्ला अदालतका तहसिलदार प्रेमराज खनियाका अनुसार  सम्बन्ध विच्छेद मुद्दा २९, जबरजस्ती २८, वैकिङ्ग कसुर […]

वीरेन्द्रनगर सहकारीको बार्षिक समीक्षा  आगामी नीति, कार्यक्रम र बजेट पारित

सुर्खेत, ११ साउन । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आ.व. २०८२/०८३ को वार्षिक समीक्षा तथा आ.व. २०८३/०८४ को प्रस्तावित नीति, कार्यक्रम तथा वार्षिक बजेट निर्माणसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष बमबहादुर बि.सीको सभाध्यक्षतामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका पदाधिकारी तथा सदस्यहरू तथा कर्मचारीहरूको सहभागितामा […]

कर्णालीमा नेपाली सेनाको पहिलो पेट्रोल स्टेशन सञ्चालनमा

सुर्खेत, ११ साउन । कर्णाली प्रदेशमा नेपाली सेनाको पहिलो पेट्रोल स्टेशन सञ्चालनमा आएको छ । नेपाली सेना कल्याणकारी कोषको करिब ५ करोड लगानीमा सुर्खेतको वीरेन्द्रनगर ९ मंगलगढीमा निर्माण गरिएको रिपुमर्दिनी पेट्रोल स्टेशन आईतबार औपचारिक रूपमा सञ्चालनमा आएको हो । स्टेशनको उद्घाटन श्री उत्तर–पश्चिम पृतनाका पृतनापति उपरथी दीपेश जंग शाहले गरेका छन् । नेपाली सेना कल्याणकारी […]

कर्णाली सरकार कति सहज एमाले र नेकपाको सत्ता सहकार्य ?

ओम शाही  सुर्खेत, ११ साउन ।  गत असार ३२ गते कर्णालीका तत्कालिन मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका गरी १६ जना सांसदहरुले कँडेलविरुद्ध पत्र कर्णाली प्रदेशसभामा दर्ता गराए । यतिसम्म कि अघिल्लो दिनसम्म कँडेलकै मन्त्री परिषद्मा रहेका नेपाली कांग्रेसका चार जान मध्ये २ जना मन्त्रीले समेत अविश्वासको […]

सम्पादकीय : जन अपेक्षा पूरा गर !

कर्णाली प्रदेशको राजनीति फेरि नयाँ मोडमा पुगेको छ । मुख्यमन्त्री यामलाल कँडेलले अविश्वास प्रस्तावको सामना गर्नुभन्दा अघि नै राजीनामा दिएसँगै एमाले नेतृत्वको सरकारको अन्त्य भएको छ भने नयाँ सत्ता समीकरणअनुसार अब प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने लगभग निश्चित भएको छ । प्रदेश प्रमुखले राजीनामा स्वीकृत गरिसकेका छन् र नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ […]

घुयँत्राे:”सत्ताको सिरप खाएपछि रातारात प्रेममा परे कम्युनिस्ट ! झोलेहरू भने अझै अपडेट खोज्दै”

बिचरा कमिनिष्टहरु अस्तिसम्म “काटाकाट्” गर्थे हिजाट “चाटाचाट” गर्न थाल्याछन । सत्ता भन्ने कुरा यस्ताे मन्द र खतरा बीष हुँदाेरैछ कि एमाले र माओवादिहरु अघिपछि कैल्यै मिल्लान जस्ताे देखिन्नन तर प्रदेशाँ सरकार बनाउने भनेछि रातारात मिलेर हात मिलाई ,फाेटाे खिचाई, सम्झाैता साटासाट गरि, सामाजिक सन्जालाँ फाेटाे पाेष्ट्याई झाेलेहरलाई फटाफट आफ्नाे हर्कत प्रष्ट्याई ७७ रै जिल्लाका झाेलेहरुलाई […]

बाँकेमा शेयर बजारप्रति बढ्दो आकर्षण : ४५ हजार लगानीकर्ताले खोले टिएमएस खाता

बाँके ,१० साउन । बाँकेमा शेयर बजारप्रति सर्वसाधारणको आकर्षण निरन्तर बढ्दै गएको छ। प्रविधिमा आधारित अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) को प्रयोग विस्तार भएसँगै जिल्लामा करिब ४५ हजार लगानीकर्ताले टिएमएस खाता खोलेका छन्। अनलाइन माध्यमबाट जुनसुकै स्थानबाट पनि शेयर कारोबार गर्न सकिने सुविधाले नयाँ लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढेको हो। इम्पेरियल सेक्युरिटिज कम्पनी […]

५ वर्षको योजना १२ वर्षमा पनि अधुरो : कर्णाली तटबन्ध निर्माण सुस्त, राजापुर–गेरुवाका दर्जनौँ बस्ती बाढी र कटानको जोखिममा

बर्दिया,१० साउन । कर्णाली नदीमा कटान नियन्त्रण तथा बाढी रोकथामका लागि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको तटबन्ध निर्माण आयोजना १२ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। योजनाअनुसार निर्माण गर्नुपर्ने ७१ किलोमिटर तटबन्धमध्ये हालसम्म करिब २२ किलोमिटर मात्रै निर्माण भएको छ। जसका कारण राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका दर्जनौँ बस्ती तथा हजारौँ बिघा […]

कर्णालीमा कामचलाउ सरकार, मुख्यमन्त्री कँडेलको राजीनामा स्वीकृत; नयाँ सरकार गठनको प्रक्रिया सुरु

सुर्खेत ,१० साउन । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्ले नै दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोक्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म हालको मन्त्रिपरिषद्ले कामचलाउ सरकारका रूपमा कार्य सञ्चालन गर्ने व्यवस्था गरिएको […]